आज १३ जुलाई तदनुसार २९ असार २०६७ को सूचना

सूचना ।

आज १३ जुलाई तदनुसार २९ असार २०६७ को दिन विश्वभर नेपाली स्रष्टासर्जकहरुले नेपाली भाषीहरुको एकताको प्रतिक आदीकवी भानुभक्तको जन्मजयन्ति मनाई रहेको दिनलाई शुभ साइत जुराएर विश्वभरका नेपाली स्रष्टा सर्जकहरुले विश्व नेपाली साहित्य महासंघको विधिवत स्थापना भएको घोषणा हुदैछ । नेपालको समय बेलुकी ठिक ६ बजे स्काइपी Skype मा टेलिकन्फिरेन्स गरेर घोषणा गरिन्दै छ ।

सबै स्रष्टासर्जकहरुलाई उक्त घोषणा कार्यक्रममा सहभागि भईदिनु हुन अनुरोघ गर्दछौ । विश्वभरका झण्डै डेढदर्जन देशहरुमा रहेका नेपाली साहित्यका स्रष्टासर्जकहरुको सामुहिक सहभागिता रहने यस महासंघका केन्द्रिय तदर्थ समिति, केन्द्रिय पार्षद, सल्लाहकार र सम्बद्धता संस्थाहरुको नामावली समेत घोषणा गरिने कार्यक्रम रहेको छ ।

Skype User: biswas20

सहभागि हुने स्रष्टार्सजकहरुले आफ्नो सिर्जना कविता, गजल, गीत पनि लिएर आउन अनुरोध छ ।

– छलफल समुह

Leave a Reply

Your email address will not be published. Required fields are marked *