विश्व नेपाली साहित्य महासंघ साउदी अरेविया शाखा दोस्रो बर्षमा प्रवेश


आदरणीय साहित्यप्रेमी दाजुभाइ दिदीबहिनीहरु

साहित्यिक अभिवादन ।
नेपाल बहुजातिय बहुभाषिक बहुसंस्कृतिक देशको रुपमा विश्वमान चित्रमा जसरी चिनिएको छ त्यसै गरी नेपाली साहित्य पनि विश्वको कुना कुनासम्म फैलिएको सर्वविद्धितै छ । देशको राजनीतिक अवस्थाका कारण लाखौ नेपालीहरु दिन दुगुना र रात चौगुना बैदेशिक रोजगारको सिलसिलामा बाहिरिनु परेको तितो यथार्थ एकातिर छदैछ भने अर्कोतिर तिनै बैदेशिक रोजगारमा आफ्नो रगतलाई पसिनाको माध्यमबाट बगाइरहेका यूवावर्गको रेमिट्यान्सबाट देशको अर्थतन्त्रमा पनि ठूलो सघाउ पुगेको छ ।

नेपाली साहित्य क्षेत्रका विभिन्न कालखण्डहरुलाई अवलोकन गर्ने हो भने विभिन्न विधाका कलम चलाउने साहित्यकारहरु जन्मिएका छन् । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मदिनको शुभ अवसर पारेर समग्र नेपाली साहित्यको श्रीबृद्धि तथा हामी नेपालीहरुको प्रतिष्ठाको लागी विश्वभर छरिएर रहेका स्रष्टा साहित्यिक संघसंस्थाहरु बीच सहकार्य गरेर संगै र सबै निरन्तर कार्य गर्दै अघि बढ्ने मूल लक्ष्य र उद्देश्यका साथ विश्व नेपाली साहित्य महासंघको स्थापना भएको कुरा सबैलाई जानकारी भइसकेकै छ । जहाँ पुग्दैनन् रबि त्यहाँ पुग्छन् कवि भने झै यस संस्थाका विभिन्न शाखाहरु खोलिने क्रममा कानुनको रुपमा विश्वकै सबै भन्दा कडा कानुन भएको खाडी मुलुक मध्यको साउदी अरेविया पनि यसबाट अछुतो रहन सकेन र सक्थेन पनि । त्यसकै कारण विश्व नेपाली साहित्य महासंघको स्थापनाको छोटो अवधिमै दोस्रो शाखाको रुपमा स्थापना भयो विश्व नेपाली साहित्य महासंघको शाखा साउदी अरेविया शाखा । आज भन्दा ठीक एक वर्ष अगाडी मोति जयन्तिकै अवसर पारेर साउदी अरेवियामा पनि विश्व नेपाली साहित्य महासंघको शाखा स्थापना गरिएको थियो । २०६७ साल को मोति जयन्तिको अवसरमा स्थापना भएको साउदी अरेविया शाखाले पनि एक वर्ष पूरा गरी आज दोस्रो वर्षमा पाइला टेकेको छ । यो एक वर्षको अवधिमा साउदी अरेविया शाखाले केही उदाहरणीय कार्यहरु गर्न सफल भएको छ जसको श्रेय सम्पूर्ण नेपाली साहित्यलाई माया गर्ने साहित्यप्रेमी दाजुभाइ दिदीबहिनीहरुलाई जान्छ ।

जस्तै साउदी अरेविया जस्तो देशमा भव्यताका साथ लक्ष्मी जयज्न्ति मनाउनु द्यौसी भैलो कार्यक्रमको आयोजना गर्नु स्थापनाको छोटो अवधिमै साउदी अरेविया शाखाले अनलाइन मार्फत रेडियो कार्यक्रम सिर्जनाका लहरहरु साप्ताहिक रुपमा निरन्तर चलाउनु इमेल तथा इन्टरनेटको पहुँचबाट टाढा रहेका साहित्यप्रेमीहरुलाई मध्यनजर गर्दै कोशेली नामक त्रैमासिक साहित्यिक पत्रिका प्रकाशन गर्नु र निरन्तरता दिनु विश्वव्यापी रुपमा अनलाइन हाजिरीजवाफ प्रतियोगीता मासिक रुपमा संचालन गर्नु विश्व नेपाली साहित्य महासंघले आयोजना गरेको विश्वव्यापी खुल्ला अडियो कविता प्रतियोगीताको सह आयोजकमा भूमिका निर्वाह गर्नु साउदी अरेविया शाखाबाट मात्रै चार – चार जना संस्थाको आजीवन सदस्यतामा आवद्ध हुनु यस शाखाका उपलब्धिहरु हुन । समय र परिस्थितिका कारण अझै पनि चाहेको जत्तिकै प्रगति भने हुन सकिरहेको छैन भन्ने हामीले महसुस गरेका छौ ।

यस शाखालाई यहाँसम्म पुर् याउनमा केन्द्रिय समितिको सल्लाह सुझाव साउदी अरेवियामा रहनुभएका साहित्यप्रेमी मित्रहरुका रचनात्मक सुझाव र सहयोगहरु अनलाइन रेडियो तथा पत्रिकाका लागी साहित्यिक रचनाहरु र विज्ञापनदाताहरु यस संस्थाका सल्लाहकार सदस्यहरु कार्यसमितिका पदाधिकारी मित्रहरुलाई यो शाखाले कहिल्यै पनि भूल्ने छैन । यसका साथै संस्थाले गरेका गतिविधिहरुलाई सबैका सामु घाम जस्तै छङ्र्गग बनाइदिने र यस संस्थाका कार्यक्रमहरु अनलाइन मार्फत प्रत्यक्ष प्रशारण गरेर सहयोग गर्ने प्रवासी नेपाली डटकम प्रति हार्दिक आभार व्यक्त गर्दछौ । साहित्यकार मोतिराम भट्टको १४६ औं जन्मजयन्तिको अवसरमा साहित्यकार मोतिराम भट्टको स्मरण गर्दै यहाँले दिनुभएको साहित्यिक योगदान प्रति साहित्यिक अभिवादन गर्दछौ । आउदा दिनहरुमा पनि यस संस्थाको उन्नति र प्रगतिको लागी यहाँहरु सबैबाट रचनात्मक सल्लाह सुझावको अपेक्षा गर्दै सबैमा पुनः हार्दिक धन्यवाद व्यक्त गर्दछौ ।

जय नेपाली साहित्य
खगेन्द्र अधिकारी “अमृत”
अध्यक्ष
पुष्पक ओली
महासचिव

complete one

प्रेस विज्ञप्ति

आदरणीय साहित्यप्रेमी दाजुभाइ दिदीबहिनीहरु
साहित्यिक अभिवादन ।

नेपाल बहुजातिय बहुभाषिक बहुसंस्कृतिक देशको रुपमा विश्वमान चित्रमा जसरी चिनिएको छ त्यसै गरी नेपाली साहित्य पनि विश्वको कुना कुनासम्म फैलिएको सर्वविद्धितै छ । देशको राजनीतिक अवस्थाका कारण लाखौ नेपालीहरु दिन दुगुना र रात चौगुना बैदेशिक रोजगारको सिलसिलामा बाहिरिनु परेको तितो यथार्थ एकातिर छदैछ भने अर्कोतिर तिनै बैदेशिक रोजगारमा आफ्नो रगतलाई पसिनाको माध्यमबाट बगाइरहेका यूवावर्गको रेमिट्यान्सबाट देशको अर्थतन्त्रमा पनि ठूलो सघाउ पुगेको छ ।
नेपाली साहित्य क्षेत्रका विभिन्न कालखण्डहरुलाई अवलोकन गर्ने हो भने विभिन्न विधाका कलम चलाउने साहित्यकारहरु जन्मिएका छन् । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मदिनको शुभ अवसर पारेर समग्र नेपाली साहित्यको श्रीबृद्धि तथा हामी नेपालीहरुको प्रतिष्ठाको लागी विश्वभर छरिएर रहेका स्रष्टा साहित्यिक संघसंस्थाहरु बीच सहकार्य गरेर संगै र सबै निरन्तर कार्य गर्दै अघि बढ्ने मूल लक्ष्य र उद्देश्यका साथ विश्व नेपाली साहित्य महासंघको स्थापना भएको कुरा सबैलाई जानकारी भइसकेकै छ । जहाँ पुग्दैनन् रबि त्यहाँ पुग्छन् कवि भने झै यस संस्थाका विभिन्न शाखाहरु खोलिने क्रममा कानुनको रुपमा विश्वकै सबै भन्दा कडा कानुन भएको खाडी मुलुक मध्यको साउदी अरेविया पनि यसबाट अछुतो रहन सकेन र सक्थेन पनि । त्यसकै कारण विश्व नेपाली साहित्य महासंघको स्थापनाको छोटो अवधिमै दोस्रो शाखाको रुपमा स्थापना भयो विश्व नेपाली साहित्य महासंघको शाखा साउदी अरेविया शाखा
आज भन्दा ठीक एक वर्ष अगाडी मोति जयन्तिकै अवसर पारेर साउदी अरेवियामा पनि विश्व नेपाली साहित्य महासंघको शाखा स्थापना गरिएको थियो । २०६७ साल को मोति जयन्तिको अवसरमा स्थापना भएको साउदी अरेविया शाखाले पनि एक वर्ष पूरा गरी आज दोस्रो वर्षमा पाइला टेकेको छ । यो एक वर्षको अवधिमा साउदी अरेविया शाखाले केही उदाहरणीय कार्यहरु गर्न सफल भएको छ जसको श्रेय सम्पूर्ण नेपाली साहित्यलाई माया गर्ने साहित्यप्रेमी दाजुभाइ दिदीबहिनीहरुलाई जान्छ । जस्तै साउदी अरेविया जस्तो देशमा भव्यताका साथ लक्ष्मी जयज्न्ति मनाउनु द्यौसी भैलो कार्यक्रमको आयोजना गर्नु स्थापनाको छोटो अवधिमै साउदी अरेविया शाखाले अनलाइन मार्फत रेडियो कार्यक्रम सिर्जनाका लहरहरु साप्ताहिक रुपमा निरन्तर चलाउनु इमेल तथा इन्टरनेटको पहुँचबाट टाढा रहेका साहित्यप्रेमीहरुलाई मध्यनजर गर्दै कोशेली नामक त्रैमासिक साहित्यिक पत्रिका प्रकाशन गर्नु र निरन्तरता दिनु विश्वव्यापी रुपमा अनलाइन हाजिरीजवाफ प्रतियोगीता मासिक रुपमा संचालन गर्नु विश्व नेपाली साहित्य महासंघले आयोजना गरेको विश्वव्यापी खुल्ला अडियो कविता प्रतियोगीताको सह आयोजकमा भूमिका निर्वाह गर्नु साउदी अरेविया शाखाबाट मात्रै चार – चार जना संस्थाको आजीवन सदस्यतामा आवद्ध हुनु यस शाखाका उपलब्धिहरु हुन । समय र परिस्थितिका कारण अझै पनि चाहेको जत्तिकै प्रगति भने हुन सकिरहेको छैन भन्ने हामीले महसुस गरेका छौ ।
यस शाखालाई यहाँसम्म पुर् याउनमा केन्द्रिय समितिको सल्लाह सुझाव साउदी अरेवियामा रहनुभएका साहित्यप्रेमी मित्रहरुका रचनात्मक सुझाव र सहयोगहरु अनलाइन रेडियो तथा पत्रिकाका लागी साहित्यिक रचनाहरु र विज्ञापनदाताहरु यस संस्थाका सल्लाहकार सदस्यहरु कार्यसमितिका पदाधिकारी मित्रहरुलाई यो शाखाले कहिल्यै पनि भूल्ने छैन । यसका साथै संस्थाले गरेका गतिविधिहरुलाई सबैका सामु घाम जस्तै छङ्र्गग बनाइदिने र यस संस्थाका कार्यक्रमहरु अनलाइन मार्फत प्रत्यक्ष प्रशारण गरेर सहयोग गर्ने प्रवासी नेपाली डटकम प्रति हार्दिक आभार व्यक्त गर्दछौ ।
साहित्यकार मोतिराम भट्टको १४६ औं जन्मजयन्तिको अवसरमा साहित्यकार मोतिराम भट्टको स्मरण गर्दै यहाँले दिनुभएको साहित्यिक योगदान प्रति साहित्यिक अभिवादन गर्दछौ । आउदा दिनहरुमा पनि यस संस्थाको उन्नति र प्रगतिको लागी यहाँहरु सबैबाट रचनात्मक सल्लाह सुझावको अपेक्षा गर्दै सबैमा पुनः हार्दिक धन्यवाद व्यक्त गर्दछौ ।

जय नेपाली साहित्य

खगेन्द्र अधिकारी “अमृत”
अध्यक्ष
पुष्पक ओली
महासचिव

…………………
With Best Regards
GFNL KSA Branch
email: gfnlksa@gmail.com, gnlfksa2010@gmail.com
URL: http://quizmaster.blogsome.com, http://gfnl.blog.com, http://gnlf.blog.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *