अनि जोडले कराएँ जय लिम्बुवान् ( डा. गोविन्दराज भट्टराई)

सिलिगुडीमा उत्रेर रातभरिको रेलको निद्रा झट्कारेँ, आँखा पुछेँ, अनुहार पखालेँ र झोला टिपेर फेरि उडेँ। सुमोमा चढेर सरर… हरियो बगानैबगान हुइँकिँदा ख्याल मजा भएको होइन। म ता भसक्कै निधाइसकेको थिएँ; ‘पानीट्याङ्की’ कराएको सुनेपछि झसङ्ग भएर उठेँ। त्यहाँबाट झिटीगुन्टा रिक्सामा खाँदेर सिमाना कटेँ। यतिखेर मन चङ्गा हुनुपर्ने, निकै दिनपछि शिलाङ् यात्राबाट घर फिर्दैछु, तर आज किनContinue reading… अनि जोडले कराएँ जय लिम्बुवान् ( डा. गोविन्दराज भट्टराई)

माध्यरातपछिको सडकसित (वैरागी काइला)

आधारातपछि रक्सी दोकानबाट म के निस्किएको छु प्रत्येक खोंगी र खोरभित्रबाट पखेटा फट्फटाउँदै विद्रोहको कुखुराका भाले बासेर मेरो स्वागत गर्दछन् । यहाँको बातावरणको निम्ति यहाँको निर्जीवताको निम्ति यहाँको व्यवस्थाको निम्ति मेरो रक्सीको गन्धले भिजेको निश्वास पनि आज, ठूलो आँधीसरह भइसकेको छ सडकका दुवैतिर लाम लागेका यी आलिशान भवनहरु आफ्नो जगसहित आफ्नो कमजोरी माटोमुनि गाडिदिनु अब,Continue reading… माध्यरातपछिको सडकसित (वैरागी काइला)

सोध्न मन लाग्यो (भुवन सुनुवार भानु)

(गजल) कति माया गर्र्छौ सानु, सोध्न मन लाग्यो, तिमी भित्र मलाई सानु, खोज्न मन लाग्यो भमरा भई धेरै घुमे, मेरो दिलको वागमा, किन किन तिम्लाई सानु, रोज्न मन लाग्यो जादु टुना गरेयौ कि, मेरो मन मझेरीमा, चोखो माया तिम्लाई सानु, पोख्न मन लाग्यो ओइलिन्छ कि रहर कतै, डर लाग्छ मनमा, तराजुमा यो मन्लाई सानु, जोख्नContinue reading… सोध्न मन लाग्यो (भुवन सुनुवार भानु)

सम्झनामा बाँचेको छु (मोहन “परदेशी”)

(गीत) सम्झनामा बाँचेको छु दिन रात गन्दै छुट्टी जाने दिनहरु कहिले आउँछ भन्दै पख्र्यो कि त देउरालीमा मेरो बाटो हेर्दै गायौ कि त गोठाले गीत भाका फेर्दै फेर्दै सपनीमा हाँसको छु तिम्रै रुप हेर्दै छुट्टी जाने दिनहरु कहिले आउँछ भन्दै पख्र्यो कि त खबर मेरो हुलाकीलाई हेर्दै रोयौ कि त एकान्तमा तस्वीर मेरै हेर्दै कल्पनामाContinue reading… सम्झनामा बाँचेको छु (मोहन “परदेशी”)

विश्वास (हस्त गौतम -मृदुल)

(गीत) विश्वास कसरी गरुँ म, छेपारो झै रंग फेर्नेलाइ। कसरी सम्बन्ध गाँसु म, संकाको दृष्टिले हेर्नेलाइ।। एउटै सपना भत्कायर, आत्मीयता पनि तोडी दियौ। व्याँसोकै त्यो हैसियतमा, बाघको छालानै ओडी दियौ। एउटै लक्ष्यको यात्रामा, पाइला नै अन्तै मोडी दियौ। अलपत्र पारी बिचबाटोमा, आखिरमा एक्लै छोडी दियौ। भरपर्दो कसरी ठानु म, पिपल पाते चरित्रलाइ। कसरी स्वीकारुँ आत्माले,Continue reading… विश्वास (हस्त गौतम -मृदुल)

सम्झनामा भाईटीका (जीतमान राई, सबिन)

अलिकती सम्झनामा दिपावली गर्दै हरेक वर्ष मनाईरहेको छु भाईटीका । यादहरुमा सप्तरंगी टीका सपनामा चेलीको शुभ आशिष र दिर्घायुको कामना प्रत्येक वर्ष पाईरहे कै छु । कल्पनामा चेलीलाई नसम्झि पानी नखाने प्रण गरेको छु प्रत्येक सालहरुमा । झलझली सम्झिन्छु वाल्यकालको देउसीरे अिन मानबीर काका झिलीमिली झिलीमिली हामी भन्थ्यौं देउसीरे । भाईटीकाको दिन कति खानु सेलContinue reading… सम्झनामा भाईटीका (जीतमान राई, सबिन)

मुख (नम्रता गुरागाईं)

आंखाले धेरै पर देख्न सक्छ कानले धेरै कुरा सुन्न सक्छ मन त संसारै बोक्ने जात तर विचरा मुख न सुनेका कुरा सबै बताउन सक्छ न देखेका कुरा शब्दमा सबै अटाउन सक्छ । सधै फिल्टर भएर बोलिनु पर्ने सधै फिल्टर भएर पोखिनु पर्ने बोलेकै शब्दहरु बिझाउने डरले नाकी लाएर डोरी तानेको गोरुजस्तो महला बांधेर बालीमा छोडिएकोContinue reading… मुख (नम्रता गुरागाईं)

सैन्ट पिटर्सवर्गमा दुई दिन एक रात (दिनेश बस्नेत)

१० जुन २००९, रुसको सांस्कृतिक राजधानी सैन्ट पिटर्सवर्गमा सुर्योदय भइरहेको थियो । केही तुंवालो, बिहानी झिसमिसेझै लाग्ने पिटर्सवर्गमा हामीले पहिलो पाइला टेक्दै थियौ । रुस यात्रामा रहेका हामी तीन -डा. गोविन्दराज भट्टराई, डा. धु्रवचन्द्र गौतम, दिनेश बस्नेत) रुसमै रहनु भएका बरिष्ठ साहित्यकार कृष्णप्रकाश श्रेष्ठ सैन्ट पिटर्सवर्ग सकेसम्म लिएरै आउने योजनासाथ पुगेका थियौ । ९ जुनContinue reading… सैन्ट पिटर्सवर्गमा दुई दिन एक रात (दिनेश बस्नेत)

“गिजान बारियाङ म्हे लग्डीसा !” (गणेश ठाडा)

(मगर भाषाको कविता) गिजान बारियाङ म्हे लग्डिसा ढेम्लाक , म्हाक्लाक, वार्लाक, पार्लाक ……………. जोम्छै … जोम्छै । बारीयो छेऊलाक सरिस्नन ले ! वारियो डिलाङ ग्वाजौ मिम लेया, ङौ मनाङ “आइया” डेनाङ लेखा सेया, भर्कि पाच ग्वाजौ मिजा, विचरा जोम्हा अऔला !- होच् वोई – मोई …… इष्ट मित्र, राप्मन ले आउला … छट्पटस्च्यै .. !Continue reading… “गिजान बारियाङ म्हे लग्डीसा !” (गणेश ठाडा)

जलिरहेको देश (केदार सुनुवार संकेत)

चुल्होमा आगो बाल्न र एउटा पेट भर्न धौधौ परेको बेला सिंगो देश आफै जलिरहँदा अझै पनि देशका राष्ट्रवादीहरू घरभित्रको सिकार खेल्दै छन् । मरेको माछाले बकुल्लाको ध्यान साकार पारेझै अर्काले मादल बजाउँदा हामी नाचेकै छौं यस्तो ताल कायमै छ मेरो देशमा । राष्ट्रको नाम विश्वसामु राम्रो कामले चिनाउन नसकेकै बेला विश्वकै पछौटे र भ्रष्टाचारीको उपमालेContinue reading… जलिरहेको देश (केदार सुनुवार संकेत)