गायक थिर बहादुर थापाको एकल प्रस्तुती भब्यतापूर्वक सम्पन्न

गत ८ जनवरी २०१७ का दिन युकेको आसफोर्ड टाउनमा गायक थिर बहादुर थापाको एकल सांगीतिक प्रस्तुती भब्यतापूर्वक सम्पन्न भयो । गायक थापाले पहिलो चरणमा आफ्नै स्वरबद्ध सुमधुर गीत, दोस्रो चरणमा अग्रज गायकहरुको सम्मानमा पुराना एवं चर्चित गीतहरु र तेस्रो चरणमा झुममmुम नचाउने गीतहरु गाउनु भयो । खोटाङमा जन्मनु भएका थापाले वि.स. २०४७ मा रेडियो नेपालबाटContinue reading… गायक थिर बहादुर थापाको एकल प्रस्तुती भब्यतापूर्वक सम्पन्न

अर्थ आवर अवसरमा वातावरण साहित्य सिर्जना पठाउनुहोस र नगद सहितको पुरस्कार प्राप्त गर्नुहोस

वातावरणीय संरक्षण अभियानका रुपमा विश्वव्यापी मनाइने अर्थ आवरका दिन नेपालमा वातावरण साहित्य प्रतियोगिता विश्व नेपाली साहित्य महासंघ साउथ यूकेले अर्थ आवरको अवसर पारेर आगामी चैत १२ अर्थात् मार्च २५ तारिख २०१७ मा वातावरण साहित्य प्रतियोगिता गर्न लागेको हो । प्रतियोगितामा नेपालमा रहेका स्रष्टाहरूले मात्र भाग लिन पाउने विश्व नेपाली साहित्य महासंघ साउथ यूकेका अध्यक्ष विजयContinue reading… अर्थ आवर अवसरमा वातावरण साहित्य सिर्जना पठाउनुहोस र नगद सहितको पुरस्कार प्राप्त गर्नुहोस

नेपाली संगीतका आदिम संगीतकार माष्टर मित्रसेन थापाको १२१ औ जन्मजयन्ति सम्पन्न साथै युके गतिविधि (भिडियो सहित)

गत १८ डिसेम्बर २०१६ का दिन लण्डनमा विश्व नेपाली साहित्य महासङ्घ, युके साउथ शाखा र अनेसास युके च्याप्टरको सयुक्त आयोजनामा लण्डन पल्मस्टिड स्थित नेपाली संगीतका आदिम संगीतकार माष्टर मित्रसेन थापाको १२१ औ जन्मजयन्ति सम्पन्न भयो । थापाको जन्म १९ डिसेम्बर १८९५ भएको थियो भने मृत्यू ९ अप्रिल १९४६ मा भएको थियो । थापाको बारेमा साहित्यकारContinue reading… नेपाली संगीतका आदिम संगीतकार माष्टर मित्रसेन थापाको १२१ औ जन्मजयन्ति सम्पन्न साथै युके गतिविधि (भिडियो सहित)

युवा गजलकार निश्चल निंगलेकुको “सिसिफस जीवन” सार्वजनिक

संगीता पनेरु, काठमाडौं । युवा गजलकार निश्चल निंगलेकु (पिएस लिम्बु) को गजल संग्रह “सिसिफस जीवन” लोकार्पण भएको छ । नेपाल प्रज्ञाप्रतिष्ठान कमलादीमा शुक्रबार विश्व नेपाली साहित्य महासंघको आयोजनामा एक कार्यक्रमकावीच “सिसिफस जीवन”को लोकापर्ण गरिएको हो । वरिष्ठ साहित्यकार तथा संचारकर्मी रमेश पौडेलको सभापतित्व, वरिष्ठ कवि तथा प्रज्ञाप्रतिष्ठानका उपकुलपति विष्णुविभु घिमीरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्तContinue reading… युवा गजलकार निश्चल निंगलेकुको “सिसिफस जीवन” सार्वजनिक

विश्व नेपाली साहित्य महासङ्घ युएईमा नयाँ नेतृत्व

गत १८ नोभेम्बर २०१६ का दिन युएईको बरदुबई स्थित स्रष्टासर्जकहरुको भेलाले विश्व नेपाली साहित्य महासङ्घ युएई शाखा मुच्छे राई ‘विद्रोही साइला’ को अध्यक्षतामा पूर्नगठन गरेको छ । नयाँ समितिका प्रथम उपाध्यक्ष सरोज पहागो, द्धितिय उपाध्यक्षमा दीपराज नयोङहाँङ, महासचिवमा राधा घायल अधिकारी, सचिवमा रमाकान्त बास्तोला, कोषाध्यक्षमा सोनिया लिम्बु ‘तेह्रथुमे कान्छी’, सहकोषाध्यक्षमा राज संगम राई र सदस्यहरुमाContinue reading… विश्व नेपाली साहित्य महासङ्घ युएईमा नयाँ नेतृत्व

बिनेसास इज़रायल शाखाले लक्ष्मी जयन्ति तथा प्रथम रचना वाचन कार्यक्रम सम्पन्न

तेल अभिव (इज़रायल), कार्तिक १७, विश्व नेपाली साहित्य महासंघ इजरायल शाखाले गत२०१६-१०-२९गते शनिबारका दिन महाकविलक्ष्मी प्रसाद देवकोटाको १०८ औं जन्म जयन्ति तथा पहिलो रचना वाचन शृंखला अनि दिपावलीको शुभकामना आदानप्रदान सम्पन्न गर्यो । उक्त साहित्यिक कार्यक्रम इज़रायालाको तेल अभिव शहर एन आर एकको हलमा हर्षोल्लासका साथ शान्त वातावरणमा शानदारपुर्वक सम्पन्न भएको थियो । उक्त कार्यक्रममाContinue reading… बिनेसास इज़रायल शाखाले लक्ष्मी जयन्ति तथा प्रथम रचना वाचन कार्यक्रम सम्पन्न

मास्कोमा कविता प्रतियोगिता र वनभोज कार्यक्रमसहित भानुजयन्ती–२०३ सम्पन्न

कृष्णप्रकाश श्रेष्ठ, मास्को, २४ जुलाइ २०१६ (आइतवार) । हाम्रा आदिकवि भानुभक्त आचार्थको २०३–नौं जन्मजयन्तीको उपलक्षमा मास्कोको हरियालीपूर्ण रमणीय स्थल वनस्पतिउद्यान पार्कमा विश्व नेपाली साहित्य महासंघ रूस शाखाको अग्रसरतामा रूसमा रहेका नेपालीहरूको सवै सामाजिक सङ्घसंस्थाहरू (गैरआवासीय नेपाली संघ, रूस सीआइएस नेपाल उद्योगवाणिज्य संघ, नेपाल खेलकूद तथा संस्कृति समाज, नेपाली छात्रसंघ, नेपाली नारी निकुञ्ज) को समेत सक्रियContinue reading… मास्कोमा कविता प्रतियोगिता र वनभोज कार्यक्रमसहित भानुजयन्ती–२०३ सम्पन्न

साहित्य महासङ्घको नयाँ नेतृत्वको पहिलो बैठक सम्पन्न

२८ जुलाई २०१६ का दिन विश्व नेपाली साहित्य महासङ्घको नवनिर्वाचित समितिको प्रथम साइबर बैठक सम्पन्न भयो । नाटक विधामा कलम चलाउनु हुने साहित्यकार तथा पूर्व अर्थराज्य मन्त्री हरिराज खेवाको धनकुटा सिधुवाको बस दुर्घटनामा भएको निधन र साहित्य महासङ्घ केन्द्रमा नवनिर्वाचित सदस्य कल्पना पौडेलको ९७ बर्षिया पिता को निधनमा एक मिनेट मौनधारण गर्दै शुरु भएको पहिलोContinue reading… साहित्य महासङ्घको नयाँ नेतृत्वको पहिलो बैठक सम्पन्न

म्यानमार शाखाको साहित्यिक कार्यक्रम सम्पन्न

गत १७ जुलाई २०१६ का दिन विस्व नेपाली साहित्य महासंघ, म्यामा शाखाले २०३ वर्षिय भानुजयन्ति साहित्य कार्यक्रमका साथ भव्यरूपले मनाईयाे अखिल म्यामा देशीय गाेर्खा हिन्द धार्मिक संघ याँगाै शाखा समितिकाे सहकार्यमा आयाेजित मातृभाषा अध्ययन गरेका विध्यार्थी सम्मान कार्यक्रमकाे साथ बाल कविता बाचन, साहित्यकारहरूकाे मार्ग दर्शन साथै कविवर मान्य टेकनारायण रीमाल काैशिकज्यूकाे ‘घामका रंग” मुक्तक कविताContinue reading… म्यानमार शाखाको साहित्यिक कार्यक्रम सम्पन्न

साहित्यमय बन्यो कुवेत: २०३औं भानु जयन्ति धुमधामका साथ सम्पन्न (फोटो फिचर सहित)

कोशराज राई, कुवेत, जुलाई १५, २०३ औं भानु जयन्तिको अवसरमा कुवेतका साहित्यकारहरुले यहाँको माहोल साहित्यमय बनाएका छन्। विश्व साहित्य महासंघ कुवेत शाखाको आयोजनामा “विश्वभरका साहित्यकारहरु एकजुट होऔं, नेपाली साहित्यलाई समृद्द बनाऔं” भन्ने नाराका साथ बिभिन्न कवि कवयत्रीहरुले साहित्यिक सृंखला काव्यवाचन गर्दै कार्यक्रम साहित्यमय बनाएका हुन्। राष्ट्रिय गानका साथ शुरु भएको कार्यक्रममा प्रमुख अतिथी र बिशेषContinue reading… साहित्यमय बन्यो कुवेत: २०३औं भानु जयन्ति धुमधामका साथ सम्पन्न (फोटो फिचर सहित)