विश्व साहित्य महासंघद्वारा विजेता कविहरुलाई पुरस्कार प्रदान Photos + Video

काठमाडौ, नेपान प्रज्ञा प्रतिष्ठानका कुलपति तिलविक्रम नेम्बाङ (बैरागी काइला)ले नेपाली भाषासाहित्य र कलासंस्कृतिको प्रवर्द्धन र विस्तारका लागि नयाँ प्रविधि प्रयोगमा जोड दिनुपर्ने बताउनुभएको छ । विश्व नेपाली साहित्य महासंघले काठमाडौमा गरेको नेपाली साहित्यमा डायास्पोराको भूमिका विषयक अन्तरक्रिया तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै कुलपति नेम्बाङले नेपालीहरु नेपालबाट बाहिरिदा एक्लै हुने भए पनि बाहिर पुगेर संगठित हुनेContinue reading… विश्व साहित्य महासंघद्वारा विजेता कविहरुलाई पुरस्कार प्रदान Photos + Video

हार्दिक निमन्त्रणा

प्रतियोगितामा उत्कृष्ट घोषित सम्पूर्ण स्रष्टा, सहभागिहरु, साहित्य महासंघका पदाधिकारी तथा इच्छुक सबैलाई नेपाली साहित्यमा डायास्पोराको भूमिका विषयक अर्न्तरक्रिया तथा पुरस्कार वितरण समारोह २०६८ The Role of Nepali Diasporas in the Promotion of Nepali Literature आगामी ५ अगष्टको दिन काठमाडौमा सम्पन्न हुनेभएकोले उपस्थिती भईदिनुहुन अनुरोध गर्दछौ । डायस्पोरिक नेपाली साहित्य विषयक अन्तरक्रिया तथा पुरस्कार वितरण समारोह स्थानः नेपालContinue reading… हार्दिक निमन्त्रणा

कविता प्रतियोगिताको समिक्षा गर्दै साहित्य महासंघको बैठक सम्पन्न

गत २१ जुलाई ११, का दिन विश्व नेपाली साहित्य महासंघको इबैठक विभिन्न विषयमा छलफल गर्दै सम्पन्न भयो । भर्खरै नतिजा घोषणा गरिएको विश्वब्यापी खुल्ला अडियो कविता प्रतियोगिता सन् २०११ को हाल सम्मको गतिविधि माथि समिक्षा गर्यो । विजयी कवीहरु तथा मूल्याङ्कनकर्ताहरुलाई पुरस्कार तथा उपहार प्रदान गर्नको लागि ‘डायस्पोरिक नेपाली साहित्य विषयक अन्तरक्रिया तथा पुरस्कार वितरणContinue reading… कविता प्रतियोगिताको समिक्षा गर्दै साहित्य महासंघको बैठक सम्पन्न

कविता पनि भोज पनि

विनेसाम रुस शाखाले यही जुलाई १४ का दिन रसियाको राजधानी मस्को नजिकैको पिरोगोभा जलसरोबरको तटमा बृहत-साहित्यिक भेला र लघु बनभोजको आयोजना गरी १९८ औ भानु जयन्ती मनायो l फोटो: मधु माधुर्य

विश्वब्यापी खुल्ला अडियो कविता प्रतियोगिता २०६८ को अन्तिम नतिजा घोषणा

विश्व नेपाली साहित्य महासङ्घ केन्द्रिय समितिको आयोजनामा सम्पन्न विश्वब्यापी खुल्ला अडियो कविता प्रतियोगिता २०६८ मा कतारमा कार्यरत चर्चित ढुङ्गेल प्रथम भएका छन् । विश्वका विभिन्न १९ मुलुक र नेपालको २७ जिल्लाबाट १ सय ८२ सहभागि कविताहरु मध्ये १ सय ७३ वटा प्रतियोगि रहेका थिए साथै यस बर्ष विभिन्न ८ मातृभाषाका कविताहरुको पनि सहभागिता रहेको थियोContinue reading… विश्वब्यापी खुल्ला अडियो कविता प्रतियोगिता २०६८ को अन्तिम नतिजा घोषणा

साहित्य महासंघ रसिया शाखाको बृहत-साहित्यिक भेला र लघु बनभोज सम्पन्न

विश्व नेपाली साहित्य महासंघ (विनेसाम) रुस शाखाले यही जुलाई १४ तारिखका दिन रसियाको राजधानी मस्को नजिकैको पिरोगोभा जलसरोबरको तटमा बृहत-साहित्यिक भेला र लघु बनभोजको आयोजना गरी १९८ औ भानु जयन्ती भब्य रुपमा मनायो । गैर आबासिय नेपाली संघ, अन्तरराष्ट्रिय समन्वय परिषदका संस्थापक अध्यक्ष तथा हालका प्रमुख संरक्षक डा उपेन्द्र महत्तोको प्रमुख अतिथ्य रहेको उक्त समारोहकोContinue reading… साहित्य महासंघ रसिया शाखाको बृहत-साहित्यिक भेला र लघु बनभोज सम्पन्न

विश्वब्यापी खुल्ला अडियो कविता प्रतियोगिता २०६८ को परिणाम आज घोषणा हुने

विश्व नेपाली साहित्य महासङ्घ केन्द्रिय समितिको आयोजना र विभिन्न साहित्यिक संस्था तथा महासङ्घ शाखाहरुको सह–आयोजनामा विश्वब्यापी खुल्ला अडियो कविता प्रतियोगिता २०६८ अन्तिम चरणमा पुगेको छ । विश्वका विभिन्न १९ मुलुक र नेपालको २७ जिल्लाबाट १ सय ८२ सहभागि कविताहरु मध्ये १ सय ७३ वटा प्रतियोगि रहेका छन् साथै यस बर्ष विभिन्न ८ मातृभाषाका कविताहरुको पनिContinue reading… विश्वब्यापी खुल्ला अडियो कविता प्रतियोगिता २०६८ को परिणाम आज घोषणा हुने

प्रतियोगिता बारे विस्तृत जानकारी – प्रतियोगिताको समयावधि २ हप्ता थपियो

ब्रुनाई, बिश्व नेपाली साहित्य महासंघद्वारा आयोजित ‘बिश्वब्यापी खुल्ला अडियो कविता प्रतियोगिता’मा सहभागी हुनका लागि कविता आईपुग्नुपर्ने अन्तिम मिति यहि जेठ २९ जुन १२ सम्म राखिएकोमा प्रतियोगितामा सहभागीताका लागि सबैतिरबाट अत्यन्त उत्साह र चासो देखिएकोले सकेसम्म धेरै सहभागिहरुलाई समेट्न सकियोस् भन्ने उद्देश्यले अडियो कविता आईपुग्नुपर्ने अन्तिम मिति २ हप्ताको लागि लागि थप गरिएको छ । महासंघकोContinue reading… प्रतियोगिता बारे विस्तृत जानकारी – प्रतियोगिताको समयावधि २ हप्ता थपियो

साहित्य महासंघले विश्वब्यापी प्रतियोगिता बारे विभिन्न निर्णय गर्यो

ब्रुनाई २८ अप्रिल ११, विश्व नेपाली साहित्य महासंघले आयोजना गरेको विश्वब्यापी खुल्ला अडियो कविता प्रतियोगिता को सम्बन्धमा छलफल गर्न बसेको बैठकले विभिन्न विषयहरुमा निर्णय गर्यो । प्रतियोगितामा प्रथम हुनेलाई विनेसाम साउदी अरेविया शाखा र विनेसाम रसिया शाखाले रु २० हजार नगदको प्रायोजन गर्नेछ । दोस्रो स्थान प्राप्त गर्नेलाई नवोदित साहित्यिक मोवाइल पुस्तकालय कतारले रु १०Continue reading… साहित्य महासंघले विश्वब्यापी प्रतियोगिता बारे विभिन्न निर्णय गर्यो

साहित्य समाज ब्रुनाईको शुभ कामना कार्यक्रम सम्पन्न

ब्रुनाई १६ अप्रिल २०११ विश्व नेपाली साहित्य महासङ्घ संग सम्बद्ध प्रवासी नेपाली साहित्य समाज Nepali Diaspora Literature Society (NDLS) बेलायत/ब्रुनाईले शुभकामना कार्यक्रम भब्यताका साथ सम्पन्न गर्यो । नयाँ बर्ष २०६८ लाई स्वागत गर्न ब्रुनाईको सेरिया स्थित साहित्य समाजले आयोजना गरेको साहित्यिक कार्यक्रममा ब्रुनाईका राजधानी जिआरयु सेरिया लगायतका स्रष्टाहरुको सहभागिता थियो । उक्त कार्यक्रमका प्रमुख, अतिथिContinue reading… साहित्य समाज ब्रुनाईको शुभ कामना कार्यक्रम सम्पन्न