बाटो जस्ता हुँदैनन मान्छेहरु (मुकेश राई)

एउटा सीमाहिन आकाश शायद शून्य सिवाय केही छैन, यही सीमाहिन शून्यतामा नै आ-आफ्नै शक्तिशाली अस्तिव बोकेर तैरिरहेछन घाम, जुन, ताराहरु अनि पृथ्वी झैं अनगिन्ती ग्रहहरु ! यहिँ शून्यमा तैरिरहने भूगोलमा आ-आफ्नै स-सानो अस्तित्व बोकेर कोलाहलमय महासागरमा सल्बलाउँदै प्यासी खहरे झै जिजीविषा र महत्वाकांक्षा बोकेर मान्छेहरु बगिरहेछन कुनै अदृष्य किनारा पच्छ्याउँदै ! समयसगँ हिडिरहने यात्रा होContinue reading… बाटो जस्ता हुँदैनन मान्छेहरु (मुकेश राई)

प्रवासमा जानेसित (ऋषि बस्ताकोटी)

कहिले आउंछौ नसोध्नु भो, प्रवासमा जानेसित, सके बरु माग्नु हिसाव देशै लुटी खानेसित, कहिले आउंछौ नसोध्नु भो, प्रवासमा जानेसित . वेथितिको बाङ्गो यात्रा हिंड्दाहिंड्दै थाकेपछि, च्यापिएर, भत्किएर भित्र-भित्रै पाकेपछि, माटो छोडी हिंडे पनि माया बोकी गा’को रैुछ, छामी हेरें मुटुभित्र गहिरै चोट ला’को रैुछ . निष्ठुरी यो नठान्नु भो, मनमा माया लानेसित, सके बरु माग्नुContinue reading… प्रवासमा जानेसित (ऋषि बस्ताकोटी)

निलो छत्रछाँया मुनि (सूर्यविक्रम याक्खा)

(कबिता) बैशले रङिएको दिवा सपनाहरू निर्लज मरुभुमिमा त्रहिम – त्रहिम काकाकुल जस्तै प्यासी बनेर । बियोगको आस्थामा निश्चल मायाको पोका पतुराहरू , एउटा डयास भित्र बाची रहेछ । बैइमानीको समयले , बैइमानीको बाध्यताले , बहकाएर , चुडालिएको चङ्गा जस्तै , सातकोश टाढा – टाढा पुरयाएको छ । नाता रगतले जोडिएको सम्बन्ध फरक भए पछि ,Continue reading… निलो छत्रछाँया मुनि (सूर्यविक्रम याक्खा)

गोविन्द वर्तमान र म (जेठा बैरागी)

बेबर बाट विचारका छहरा झरिरहेकाछन् मैले नवबुद्धबाट हेरिरहेथेँ म एउटा लडाकु हर्ष बोकेर अस्त्रसँग रमाइरहथेँ एक्कासी मेरोकानमा मयूरहरूले गाना सुनाए तिम्रो वर्तमान छैनन् म झस्किएँ शोक बज्रियो शोक माथि शोकले ग्रस्त म लप्सीको बूढो रूखमा टाउको बजारेर ढलेँ छहरा झरिरहे आँखाबाट घट्टे कुलोझैँ डाँडा कठेरीका भट्टराई बाजेका आँगनमा थुचुक्क बसेँ चातक, सुगा कोइलीहरू मसँग रोइरहेContinue reading… गोविन्द वर्तमान र म (जेठा बैरागी)

अनेपाली परदेशी (चन्द्र मादेन ‘आन्छन्’)

परदेशीएपछिनै मातृ देशको तृष्णाले सताउने रहेछ महलको सपना बोकी न्यानो गुड छोडी रहरले बिदेशीएको कुनचाही नेपाली भेटिएलार ! बाहिर जस्तो देखिए पनि भित्रि दु:ख, पीडा र ब्याथाहरु सवैको आआफ्नै हुन्छ तर के गर्नु आज परिस्थितिले विदेशीदा आफ्नै देशले अनेपाली वनाइरहेछ | हामी मातृभूमि, इतिहास र देश बेगरको मान्छे अवश्य होइनौ होला माटोको आधारमा जन्मसिद्द पाएकोContinue reading… अनेपाली परदेशी (चन्द्र मादेन ‘आन्छन्’)

आँखा भरी लालिगुराँश फुलाएर आएँ (कोमल भट्ट)

आँखा भरी लालिगुराँश फुलाएर आएँ, हजुर l अन्तर्मनमा हरियाली झुलाएर आएँ, हजुर l छोड्नै गाह्रो आफन्त र साथिसंगी सबलाई l मायालुलाई सम्झनामा भुलाएरआएँ, हजुर l शरीर पुग्यो दूर देशमा काट्यो सयौं डाँडा l मष्तिष्कलाई त्यतैतिर डुलाएरआएँ, हजुर l कोही रुन्छन सम्झिएर कोही बिर्सिदिन्छन l मैलेचाँहि दिलको ढोका खुलाएर आएँ, हजुर l मर्नु बाँच्नु कसले जान्नेContinue reading… आँखा भरी लालिगुराँश फुलाएर आएँ (कोमल भट्ट)

कति हाँस्नु भित्र रुँदै दुनियाको नजरमा (नरेश नाति)

कति हाँस्नु भित्र रुँदै दुनियाको नजरमा असह्य भो जीउन मलाई दुःख को यो संसारमा किन होला हाँस्नु पर्ने सुख पाँए जस्तो सबै कुरा पूरा भई, खुशी छाए जस्तो कति बोल्नु झूठो कुरा दुनियाँको नजरमा असह्य भो जीउन मलाई, दुखिया यो संसारमा वेइजती पो हुने हो कि नलुकाए दुःख लुकाएर आफ्नो दुःख कहाँ हुन्छ सुख कतिContinue reading… कति हाँस्नु भित्र रुँदै दुनियाको नजरमा (नरेश नाति)

म मरुं तर मेरो देशले मर्नु नपरोस (बुद्ध गौतम ‘आंसु’)

म मरुं तर मेरो देशले मर्नु नपरोस पराइको पाउपरि आँसु झर्नु नपरोस् आफ्नै स्वतन्त्रतामा बाचिरहोस् मेरो देश कही कसैको गुलाम् गर्नु नपरोस् गोर्खाली हौं बहादुरी छौ, गरी खाने पाखुरी छन् कुनै बिदेसिको भर पर्नु नपरोस् अनगिन्ती स्रोतहरु काफी छ्न् हाम्रो …मागेको भिखले छाक् टर्नु नपरोस गिद्दे नजरहरु यत्रतत्र घुमिराछन् यहा मेरो देशले अस्मिता हर्नु नपरोस्Continue reading… म मरुं तर मेरो देशले मर्नु नपरोस (बुद्ध गौतम ‘आंसु’)

साक्षी (सन्तोष लामिछाने)

भावनाको घोप्टेभीर मनको जोगिमारामा घुम्ती बदल्छ अनि आकांक्षाका खोरियामा कुकुर जोघाइ सुरु हुन्छ रित्तोपन लुकाउदै शासकहरु हात बाधेर मुकुण्डो कसाउछन् अनि एउटा नौटंकी जिन्दगी सुरु गर्छ पहिराहरु आतुर छन् धरातल उत्याउृन भूकम्पहरु खुट्टा उचाल्छन् धर्ती हल्लाउन बाढीहरु सल्बल हुन् सिर्जना बगाउन ध्वजा पताका फिजारिन्छ रंगमञ्ज सजिन्छ गीत रचिन्छ संगीत पस्किइन्छ विस्तारै चिहान उड्न थाल्छ सपनाContinue reading… साक्षी (सन्तोष लामिछाने)

सम्झेर दुख्यो मुटु (नवराज बुढा ‘नवीन उदासी’)

गजल सम्झेर दुख्यो मुटु अतीतका खाटाहरूमा तड्पिएर बस्यौ होला पर्खाइका बाटाहरूमा । भक्कानिएर दुख्दा यो मन सम्झी­सम्झी बिलौना काटी आज रुँदैछौ कि माटाहरूमा । जती दुःख परे’नि मनलाई सम्हाली बस्नु दुःख सुख यस्तै हो जीवनका पाटाहरूमा । प्रतीक्षाको घडी हेरेर टोलाउँदा एकान्तमा कतै तिम्रो मन आज फाट्यो कि फाटाहरूमा । बिन्ती हजुर छ उनलाई दुःखContinue reading… सम्झेर दुख्यो मुटु (नवराज बुढा ‘नवीन उदासी’)