साहित्य महासङ्घ क्यानडा शाखाद्धारा साहित्य गोष्ठि सम्पन्न

२० फेब्रुवरी १३, विद्या की देवी सरस्वती पुजाको अवसरमा क्यानडामा एक साहित्यिक गोष्ठि सम्पन्न भयो । विश्व नेपाली साहित्य महासङ्घ क्यानडा शाखाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा नेपाली र अंग्रेजी भाषाका कविता, गीत तथा गजलहरु वाचन गरिएको थियो । कवी गोपाल भण्डारी, दोसाध किरात, डुण्डीराज खनाल, चन्द्र राई, सपना गौतम लगायतले सिर्जना वाचन गर्नुभएको थियो ।Continue reading… साहित्य महासङ्घ क्यानडा शाखाद्धारा साहित्य गोष्ठि सम्पन्न

श्रृङ्गार रस (हरि पौडेल)

घटा झैँ त्यो केश लटा झैँ त्यो चुल्ठो प्रितीको मन्दिरमा पुजारी भएछु। त्यो रसिलो अधरमा अनि नशालु नजरमा बन्दि भएको शिकारै भएछु। लचिला ती हात अँगालोको साथ सपनामा डुब्दै म उनकै भएछु। पर्वत झैँ छाती छुने आकाशमाथि धडकँदो मुटु को गहराईमा झरेछु। गहिरो त्यो नाभि कुनै कुँवाको भाँती प्यासो बटुवा झैँ चुर्लुम्म डुबेछु। धनुष झैँContinue reading… श्रृङ्गार रस (हरि पौडेल)

सरस्वती स्त्रोत्रम्

सरस्वती मया दृष्टा वीणा पुस्तक धारिणी।। हंस वाहन संयुक्ता विद्यादानं करोतु मे।।१।। प्रथमं भारती नाम द्धितीयं च सरस्वती।। तृतीयं शारदा देवी चतुर्थ हंसवाहिनी।।२।। पञ्चमं तु जगन्माता षष्ठं वागीश्वरी तथा।। सप्तमं चैव कौमारी चाष्टमं वरदायिनी।।३।। नवमं बुद्धिदात्री च दशमं ब्रम्हाचारिणी।। एकादशं चन्द्रघण्टा द्वादशं भुवनेश्वरी।।४।। द्वादशै तानि नामानि त्रिसन्ध्यं यः पठेन्नरः।। जिहाग्रे वसते तम्य ब्रम्हारुपा सरस्वती।।५।।

घिन्ताङ (वैरागी जेठा)

घिन्ताङ मान्छेको भाग्य खोजिरहेछ वार्सिङथर्पु दोनका कथाहरू पढिरहेछ रातो घामसँगै म युँको डाँडा चढेर माइनहरू तिखारीरहेछु स्मृतिका फुलहरूमा … वारुदको घुम्टि भित्र मानिस जन्माउँदै लडाइँको क्षितिज हाँस्छ घिन्ताङ गाउँदागाउँदै नाच्दा नाच्दै शैलुङबाट विचारहरू बग्छ वार्सिङथर्पुमा छामी हेरैँ देश मुटु पग्लियो सुस्त सुस्त पर्खिएर सहन सक्तिन प्रत्येकपःल्ट माइनका शब्दहरू खर्कहरूमा गुञ्जिरहन्छ लालुपातेका आँखाहरूबाट म ठिटाहरूसँगै निरन्तरContinue reading… घिन्ताङ (वैरागी जेठा)

तिमी नै आमा (गोविन्दसिंह रावत)

मलाई धरतीमा तिमीले नै ल्यायौं मलाई आकास तिमीले नै चिन्हायौं मलाई म हुनुको अर्थबोध गराई ईश्वरको अस्तित्व तिमीले नै देखायौं मायाको परिभाषा तिमीले सिकायौं हिड्न–बोल्न–पढ्न खान–बस्न–सुत्न सिकाउने मलाई कखरा चिन्हाउने पहिलो गुरु, तिमीनै पहिलो बिद्यालय मलाई ईश्वर चिन्हाउने तिमीनै पहिलो देवालय मेरो ईश्वर तिमी मेरो माया तिमी तिमीनै गुरु तिमीनै मालिक तिमीनै विधाता श्रृष्टीको महानContinue reading… तिमी नै आमा (गोविन्दसिंह रावत)

एउटा सत्य लुकाउनलाई (सन्देश नेम्बाङ)

एउटा सत्य लुकाउनलाई, सयौ झुटा बोल्नु परयो चोखो माया बिर्षनलाई, सयौ चोटि मर्नुपरयो के थाह निष्ठूरी तिमीलाई, एक्लै बाँच्न कति गाह्रो भयो २ सपना सारा टुटिगए, तिमीले छोडि दिदा संसार सुन्य लागि रह्यो तिमी पराई हुदा भन्नु अब के नै छर, बैगुनी माया लाउनेलाई सुम्पिएको छु मेरो जीबन मात्र तिमीलाई सयौ चोट पाए मैले, तिम्रोContinue reading… एउटा सत्य लुकाउनलाई (सन्देश नेम्बाङ)

विश्वास त कसम, खाएर पाउनु भो (रुद्र बहादुर श्रीस)

इज्जत त गीत गाएर पाउनु भो विश्वास त कसम, खाएर पाउनु भो भन्नुहुन्छ गर्छु गर्छु, तर, गर्नु नै हुन्न माया त केवल माया, लाएर पाउनु भो दुनियाँमै नभएको नौलो, कुरा भन्नुहुन्छ मनको सन्तोष मेरै सामु, आएर पाउनु भो सुरू–सुरू नौलो जस्तो, चीज सम्झेँ मैले मात्र दुःख भेट्न भनी, धाएर पाउनु भो सुख सयल ऐस आराम,Continue reading… विश्वास त कसम, खाएर पाउनु भो (रुद्र बहादुर श्रीस)

चोट मात्रै दिँदा पनि (कुमार श्रेष्ठ ‘यात्री’)

चोट मात्रै दिँदा पनि तिमी मन पर्छ किन ? आँसु झार्न हुन्न भन्थेँ आज आफै झर्छ किन ? भुल्न खोज्छु तिमीलाइ छाँया बनी पछ्याउछौ टाढा जान्छु भन्छौ फेरी किन मेरो यादमा आउछौ ? पराइ सोच्दा पनि मुटु तिमी माथी मर्छ किन ? चोट मात्रै दिन्छौ तिमी तर मन पर्छ किन ? तिम्रो तन मन अबContinue reading… चोट मात्रै दिँदा पनि (कुमार श्रेष्ठ ‘यात्री’)

बाटो जस्ता हुँदैनन मान्छेहरु (मुकेश राई)

एउटा सीमाहिन आकाश शायद शून्य सिवाय केही छैन, यही सीमाहिन शून्यतामा नै आ-आफ्नै शक्तिशाली अस्तिव बोकेर तैरिरहेछन घाम, जुन, ताराहरु अनि पृथ्वी झैं अनगिन्ती ग्रहहरु ! यहिँ शून्यमा तैरिरहने भूगोलमा आ-आफ्नै स-सानो अस्तित्व बोकेर कोलाहलमय महासागरमा सल्बलाउँदै प्यासी खहरे झै जिजीविषा र महत्वाकांक्षा बोकेर मान्छेहरु बगिरहेछन कुनै अदृष्य किनारा पच्छ्याउँदै ! समयसगँ हिडिरहने यात्रा होContinue reading… बाटो जस्ता हुँदैनन मान्छेहरु (मुकेश राई)