FAQs

१. किन यो सन्जाल (महासङ्घ) को अवधारणा आएको हो ?

हामी सबै नेपालीहरुको प्रतिष्ठाको लागि सामूहिक सक्रियता र सहभागिता चाहिन्छ भन्ने मान्यताले यो सन्जालको अवधारणा आएको हो । विश्वभर धेरै साहित्यिक सङ्घसंस्थाहरु रहेका छन् ती सबै साहित्यिक सङ्घसंस्थाहरु बीच सम्पर्क तथा विचार, कार्यक्रमहरु आदानप्रदान गर्न साथै नेपाली साहित्य र साहित्यकारहरुको हकहितको निम्ति आपसमा काम गर्नको लागि यो सन्जालको स्थापना हुन लागेको हो । समग्रमा नेपाली साहित्यको श्रीबृद्धि र नेपाली प्रतिष्ठाको लागि यो अवधारणा आएको हो ।

२. अन्तर्राष्ट्रिय स्तर सम्म पहुँच राख्ने केही साहित्यिक सङ्घसंस्था हुँदाहुदै पनि फेरी किन यस सन्जालको आवश्यकता पर्यो ?

विश्वभर रहेका नेपाली साहित्य साहित्यकार र साहित्यिक सङ्घसंस्थाहरुलाई समेटौँ भन्ने उद्देश्यले व्यापक रुपबाट कुनै पनि संस्था यसअघि स्थापना भएका छैन्न । सुरुमा कुनै एक ठाउँबाट सुरु भई त्यसैलाई व्यापकता दिइएको केही संस्थाहरु छन तर त्यस्ता संस्थाहरु सबैको लागि रुचीको घर हुन सक्दैन । हामी केहीसमय सुखद भ्रममा पनि रह्यौ र अझै केही रहेका छौँ तर बुझ्दै गएपछि यो अनुभव सबैले गर्नेछन । संस्थाको स्थापना व्यक्तिले गर्ने होइन यो त सामूहिक प्रयत्नमा स्थापना हुनुपर्छ र सामूहिक रुपबाटै साचालन हुनु पर्दछ । त्यसैको खातिर यो सन्जालको आवश्यकता भएको हो । नेपाली साहित्यको निमित्त गर्नुपर्ने बेग्रेल्ती कामहरु छन् तर त्यसतिर धेरैको चासो नभएको चेतना नभएको कारण अब सधैँ यसरी बस्न हुन्न भन्ने समयको माग छ । त्यसैले विश्वभरका विभिन्न मुलुकमा छरिएर रहेका साहित्यिक स्रष्टा सर्जक तथा शुभ चिन्तकहरु सबै उठौँ जुटौँ भन्ने सोचका कारण पनि आवश्यकताको महसुस भएको हो ।

३. अन्य साहित्यिक सङ्घ संस्थाहरुसँग यस निर्माणाधिन सन्जालको कस्तो सम्बन्ध रहन्छ ?

देश विदेशमा रहेका सम्पूर्ण साहित्यिक संस्थाहरु हाम्रो मित्र शक्तिको रुपमा रहने छन् । सबैसँग सहकार्य र संवाद हुनेछ । विशेष गरी हाम्रो संस्थाले सन्जालगत सम्पर्क सेतुको काम गर्नेछ ।

४. के यो सजाल विश्वभर छरिएर रहेका नेपाली साहित्यका सङ्घ संस्थाहरुको छाता सङ्गठनको रुपमा स्थापना हुन लागेको हो ?

हाम्रो यस सन्जालको प्रत्येक देशमा विधानसम्मत स्वतन्त्र शाखाहरु रहनेछन् । अन्य नामबाट साचालनमा रहेका संस्थाहरुलाई पनि हाम्रो विधानसम्मत सम्बन्धन प्रदान गरिने छ । यसर्थ समष्टिमा यो संस्था धेरै साहित्यिक सङ्घ संस्थाहरु मिलेर बनेको महासङ्घ हुनेछ । यो संस्था सबैको साझा संस्थाको रुपमा रहने छ र छाता सङ्गठनको सट्टामा साझा सङ्गठन नै भनिने छ । किन कि छाता सङ्गठनको अवधारण धेरै अभ्यासहरुमा असफल भइसकेको छ ।

५. कस्तो व्यक्ति यस सन्जालको सदस्य बन्न सक्दछ ?

नेपाली भावना नेपालीपन नेपाली माटो र नेपाली दुःख सुख पीडा बेदनालाई जुनसुकै भाषा साहित्यको माध्याम मातृभाषा लगायत बाट अभिब्यक्त गर्न सक्ने सिर्जनशील व्यक्तिहरु यस सन्जालको सदस्य बन्न सक्दछ । यो खुल्ला संस्था भएकोले साहित्यप्रति झुकाव राख्ने जो कोही यसको सदस्य बन्न सक्नेछन् तर कम्तीमा एक कृति प्रकाशन गरेका स्रष्टालाई प्राथमिकता हुनेछ । जुनसुकै अन्य साहित्यिक सङ्घसंस्थामा आबद्ध व्यक्ति पनि यस सन्जालको सदस्य बन्न सक्नेछन् तर सन्जालको विधानमा तोकिएको काम कर्तव्य तथा जिम्मेवारी पूरा गर्नुपर्नेछ ।

६. यो साझा संस्था निर्माण÷सहभागिताको लागि कसरी सहभागिता जनाउन सक्छु ?

तपाईँले हामीलाई कुनै पनि माध्यामबाट सम्पर्क गर्नुहोस् सजिलोको लागि हामीलाई इमेल गर्नुहोस् । आफ्नो राय सुझाव दिनुहोस् र अरु नयाँ विचारहरु दिनुहोस् । तपाईँ रहेको ठाउँमा शाखा निर्माणको लागि तयारीमा जुट्नुहोस् । यो संस्था नेपालीहरु रहेको प्रत्येक देशमा ढिलोछिटो स्थापना हुने निश्चित छ र नेपाली साहित्यको विकास र विस्तारको लागि आजै आफूलाई सहभागी गराउनुहोस् ।

७. यो संस्था सफल नै हुन्छ भन्ने आधारचाहिँ के छ ?

यो सामूहिक आवश्यकताको महसुस भएपछि सुरु गरिएको संस्था हो र यसको स्थापनामा कम्तीमा १० भन्दा बढी मुलुकमा रहेका नेपाली स्रष्टाहरुको सहभागिता रहनेछ र यो सन्जाल समावेशी हुनेछ । हामी समग्रमा नेपाली साहित्य भन्ने छौँ । यसभित्र नेपालमा बस्ने सबै जातजातिको भाषा साहित्यलाई समेत समेटिने छ । नेपाली खस÷पर्वते भाषा साहित्य मुख्य सम्पर्कको माध्यम हुनेछ । केही अन्य संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्यको कुरा गर्दछ भने यस नयाँ सन्जाल विश्वभरका नेपाली साहित्यको कुरा गर्दछ । अन्तर्राष्ट्रिय भन्नाले दुई वा त्योभन्दा बढी देश र सिमानालाई दर्शाउछ भने हाम्रो संस्था विश्वलाई एक देशको रुपमा हेर्दछ । प्रविधिको विकाससँगै यो सम्भव पनि छ । यिनै सिद्धान्तसहित पारदर्शी र लोकतान्त्रिक प्रणाली नै यसको सफलताको मुख्य कडी हुनेछ ।

८. यो संस्था स्थापनाको प्रकृया कस्तो हुनेछ ?

कम्तीमा १० वटा मुलुकमा रहेका नेपाली साहित्यका स्रष्टाहरुको संलग्नता र सद्भाव रहेपछि मात्र सामूहिक रुपबाट यो संस्थाको स्थापना भएको घोषणा गरिने छ । संस्थापकः भानु जयन्ती भेला वा कुनै समारोह वा कार्यक्रमको नाम रहनेछ । यस सन्जाल स्थापना भएको घोषणासँगै विधान निर्माण संयोजक तोकेर वा समिति निर्माण गरी व्यापक र उपयुक्त विधान बनाई लागू गरिनेछ ।

९. किन सम्बन्धन ?

१. विश्वव्यापी सन्जालमा प्रवेश गर्न । २. आफ्नो संस्था/समूहको काम विश्वभर पुर् याउन ।
३. नेपाली साहित्यको काममा विश्वभरका नेपाली साहित्यकार तथा साहित्यिक सङ्घसंस्थाहरुसँग हातेमालो गर्न । ४. साहित्यिक संस्था वा व्यक्तिसँगको सम्पर्क र परिचयबाट प्राप्त हुने सहयोग लिन । ५. विश्वभरको साहित्यिक गतिविधिबारे जानकारी राख्न । ६. साहित्य महासङ्घको नेतृत्व गर्न वा छान्नको लागि भोट दिन । ७. जुनसुकै स्थान/मुलुकमा पुगे पनि साहित्य महासङ्घको परिवार भई साहित्यको काम गर्न । ८. संस्थालाई पहिचानयुक्त र थप मर्यादित बनाउन ।

१०. शाखा निर्माण गर्दा केन्द्रीय समिति वा केन्द्रीय पार्षद् पदाधिकारी तथा सदस्य शाखा समितिमा रहन सक्छ ?

शाखा निर्माणको लागि यथासक्दो पहल गर्नुपर्नेछ तर शाखा समितिमा कुनै पनि केन्द्रीय पदाधिकारी तथा सदस्य बस्ने छैन तर विशेष अवस्थामा भने समितिमा बस्न सक्नेछ । उनीहरु सल्लाहकारको रुपमा रहनॆ छन् तर अनिवार्यता हुने छैन । महासङ्घ निर्माण हँुदा नै कम्तीमा एकजना केन्द्रीय पार्षद्को लागि वा केन्द्रीय प्रतिनिधि चयन हुनेछ र उक्त व्यक्ति सोही शाखामा पनि रहनेछ ।

११. महासङ्घको शाखा निर्माणको प्रकृया कस्तो हुनेछ ?

इच्छुक स्रष्टाहरुले हाम्रो केन्द्रीय निकायमा कुनै पनि माध्याम इमेल÷स्काइपी÷फ्याक्स÷फोन÷चिठ्ठि बाट सम्पर्क गर्नुपर्नेछ र आवश्यक भएमा केन्द्रले सल्लाह निर्देशन प्रदान गर्नेछ । शाखा निर्माण भएपछि समितिको नामावली सम्पर्क ठेगाना पठाउनु पर्नेछ । त्यसपछि मान्यता प्रदान गरेको पत्र केन्द्रले शाखालाई पठाउनेछ ।

१२. सम्बन्धन प्राप्त गर्नको लागि प्रकृया कस्तो हुनेछ ?

सम्बन्धित संस्था समितिले सम्बन्धनको लागि महासङ्घ केन्द्रीय समितिलाई इमेल/पत्र लेख्नु पर्नेछ । संस्थाले के कति काम गरेको हो उक्त कुरा पनि दर्शाउनु पर्नेछ । त्यसपछि महासङ्घ केन्द्रीय सचिवालयले निर्णय गरी सम्बन्धन प्रदानको प्रमाण-पत्र प्रदान गर्नेछ ।

१३. सम्बन्धन प्राप्त संस्था भएको ठाउँमा के शाखा बन्न सक्छ ?

यस महासङ्घको अवधारणा भनेको प्रत्येक ठाउँ र कुनाकुनामा नेपाली साहित्यको काम हुनुपर्छ भन्ने हो । सम्बन्धित ठाउँका स्रष्टाहरुलाई नै अनुकूलता हेरेर निणर्य गर्ने जिम्मा प्रदान गरिन्छ तर विधानत बन्देज मानिने छैन । यदि एकै ठाउँमा शाखा र सम्बन्धन प्राप्त संस्था भएको खण्डमा राष्ट्रिय समिति निर्माण गरी समन्वय गर्नुपर्नेछ । महासङ्घको शाखा रहेको ठाउँमा पनि सम्बन्धन लिन र दिन बन्देज हुनेछैन ।

१४. साहित्य महासङ्घमा आबद्ध ब्यक्तिले दैनिक कार्य संचालनमा सहयोग पुर्याउन के गर्नुपर्छ ?

तपाई संग इमेल ठेगाना हुनुपर्नेछ । त्यस्तैगरि इमेल चलाउनेले स्काइपी ठेगाना अनिवार्य बनाउनु पर्नेछ किन की महासङ्घको छलफल बैठक भेला आदी स्काइपी वा याहू/जिटकमा हुनेछ । आवश्यक परेमा टेलिकन्फिरेन्स पनि गरिने छ । त्यसैले कम्पियुटर ज्ञान भएमा सुनमा सुगन्ध हुनेछ । इन्टरनेटमा पहूच नभएका वा प्रयोग नगर्नेको लागि फोन र हुलाकी चिठ्ठी मार्फत सम्पर्क गरिनेछ । यस महासंघको कार्यक्षेत्र विश्वब्यापी भएको र भौतिक स-शरिर एकै ठाँउ उपस्थिती हुन सक्ने अवसर थोरै हुने भएकोले अहिलेको शसक्त र प्रभावकारी माध्याम नयाँ प्रविधिलाई अधिकतम प्रयोग गर्नु नै एकमात्र उत्तम विकल्प हो । यसर्थ संसारभर रहनु भएका हाम्रा केन्द्रिय समिति सदस्य परिषद सदस्य शाखाका पदाधिकारी आजीवन÷संरक्षक सदस्य लगायत सबैले नयाँ प्रविधि प्रयोग गर्नुपर्नेछ । आफ्नो फोन इमेल इकाइपी फ्याक्स नेपाल ठेगाना कर्मभूमिको ठेगाना दिनुपर्नेछ र नियमित रुपबाट महासङ्घको वेवसाइटमा राखिएको सूचना हेर्नुपर्नेछ ।

१५. आजीवन संरक्षक सदस्य तथा विशिष्ट संरक्षक सदस्य किन बन्ने ?

ब्यक्तिगत विद्धता र सम्पन्नताले मात्र हाम्रो उच्च प्रतिष्ठा प्राप्त नहुने भएकोले साहित्यको पाटोलाई पनि समृद्ध बनाउन आवश्यक हुन्छ भन्ने मान्यता राख्दै यो महासङ्घ स्थापना भई संचालनमा रहेको छ । यो सामुहिक दायित्व हो महासङ्घको प्रगतिमा सबैको प्रतिष्ठा रहने भएकोले प्रत्येक्ष अप्रत्येक्ष सहयोग गर्न सबैलाई आग्रह गर्दछौ । यथासम्भव विशिष्ट संरक्षक संरक्षक सदस्य वा आजीवन सदस्य बनेर सहयोग गर्नुहुन महासंघ बिनम्र अनुरोध गर्दछ । आजीवन सदस्यलाई प्रमाण-पत्र र संरक्षक तथा विशिष्ट संरक्षक सदस्यलाई केन्द्रिय समितिबाट ताम्रपत्र प्रदान गर्नेछ । सधैको लागि महासङ्घले अभिलेख राख्नेछ साथै महासङ्घको केन्द्रिय समितिको चुनावमा भोटदिन पाउने अधिकार सुरक्षित हुनेछ ।

१६. कुनकुन देशमा जन्मेकाले यस महासङ्घमा आबद्ध हुन सक्छ ?

नेपाली भन्ने पहिचान बोकेका ब्यक्ति नेपालमा जन्मेका हुन या अन्य मुलुकमा जन्मेका हुन जो संग भाषागत वा साहित्यगत अर्थात कुनैपनि नेपाली पहिचान भएका ब्यक्ति यस महासङ्घको सदस्य तथा पदाधिकारी बन्न सक्नेछ । सम्भव भए अन्य देशका अन्य साहित्यका स्रष्टाहरु समेत नेपाली साहित्य संग आफ्नो साहित्यको बारे जानकारी आदानप्रदान गर्न आउन सकोस भन्ने अभिप्राय हो र विश्वभरकै नेपाली साहित्य र नेपाली साहित्यका सङ्घ संस्था संग सम्पर्कमा रहन कै लागि यो महासङ्घ स्थापना भएको हो ।