(गीत)
फिजायौ जाल चारैतिर उत्रदै र बग्दै झर्दा
बाटो छुट्यो नाता टुट्यो त्यही बोलिले गर्दा
चालिरहे पाइला एक्लै पिडाबोकी मौन रुदै
जीबनभरी तनाब दियौ गाठोपर्छ मन सधैं
सहे कैयौ बाणहरु झुक्किएर विश्वास गर्दा
बाटो छुट्यो नाता टुट्यो त्यही बोलिले गर्दा
दोसी सम्झी आशु दियौ पोलिरने बिष होकी
बाचिरहेछु अपमानको कालो बादल भित्र रोकी
टुसाएन खुशीहरु आफन्तको भरमा पर्दा
बाटो छुट्यो नाता टुट्यो त्यही बोलिले गर्दा
– चारपाने झापा
हाल: बेल्जियम