कोशेलीको विमोचन कार्यक्रम सम्पन्न पिएनएनद्धारा प्रत्यक्ष प्रशारण

विश्व नेपाली साहित्य महासंघ शाखा साउदी अरेवियाको प्रकाशन त्रैमासिक पत्रिका कोशेलीको विमोचन कार्यक्रम साउदी अरेवियाको रहिमामा विश्व नेपाली साहित्य महासंघ शाखा साउदी अरेवियाका प्रमुख सल्लाहकार तथा अन्र्तराष्ट्रिय प्रतिनिधि साहित्यकार सागर श्रेष्ठले विमोचन गर्नुभएको छ ।

दिप प्रज्वलन गरी प्र्मुख अतिथि तथा कार्यक्रमका सभापतिबाट कार्यक्रमको उद्घाटन गरिएको थियो भने स्व. साहित्यकारहरुको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो । यस कार्यक्रममा अतिथिहरुलाई यस संस्थाका अर्थ सचिव दुर्गा बहादुर भण्डारीले स्वागत गर्नुभएको थियो भने कार्यक्रमका अन्य अतिथिहरुमा लाङ्गधाली मगर संघ साउदी अरेवियाका का. बा. अध्यक्ष जीवन थापा विश्व नेपाली साहित्य महासंघ शाखा साउदी अरेवियाका केन्द्रिय सदस्यहरु शिवबहादुर थापा राजेन्द्र महतो, समाजसेवी लालबहादुर थापा सन्तोष अधिकारी रहनुभएको थियो । टेलिफोन तथा इमेल मार्फत विभिन्न साहित्यकाहरुले कोशेलीको सफलता एवं निरन्तरताको लागी शुभकामना प्रदान गर्नुभएको थियो । यसरी शुभकामना दिनुहुनेमा विश्व नेपाली साहित्य महासंघका केन्द्रिय अध्यक्ष डा। मधु माधुर्य महासचिव विश्वास दिप तिगेला बरिष्ठ समाजसेवी एवं प्रवासी नेपाली सेवा समितिका संस्थापक सदस्य तारा भण्डारी लुम्बिनी प्रवासी सम्पर्क माचका प्रवक्ता मनोट विष्ट नवलपरासी प्रवासी सम्पर्क माचका अध्यक्ष बीरेन्द्र कमार चौधरी नेपाल आदिवासी जनजाती महासंघका अध्यक्ष हुम सुनारी मगर एनआरएनए आइसिसि सदस्य रामबहादुर बेल्बासे रहनुभएको थियो ।

आफ्नो शुभकामना मन्तव्यको क्रममा संस्थाको केन्द्रिय समितिबाट इमेल मार्फत प्राप्त शुभकामना र संस्थाका सल्लाहकारहरुको तर्फबाट सुरज गिरी र केन्द्रिय अध्यक्ष डा. मधु माधुर्यले इमेलबाट प्रेशित गर्नुभएको कविताहरु तथा शुभकामना सन्देशहरु कार्यक्रमका प्रमुख अतिथि सागर श्रेष्ठले बाचन गर्नुभएको थियो ।

कार्यक्रम विश्व नेपाली साहित्य महासंघ शाखा साउदी अरेवियाका अध्यक्ष खगेन्द्र अधिकारी अमृतको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रम संस्थाका महासचवि पुष्पक ओलीले संचालन गर्नुभएको थियो ।

अन्तमा कार्यक्रमको समापन मन्तव्य व्यक्त गर्दै कार्यक्रमका सभापति खगेन्द्र अधिकारी अमृतले पत्रिका प्रकाशनको क्रममा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सहयोगी मित्रहरु रचना उपलब्ध गराउनु हुने सर्जक तथा स्रष्टाहरु शुभकामना प्रदान गर्नुहुने विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि विश्व नेपाली साहित्य महासंघ केन्द्रिय समिति शाखा साउदी अरेवियाका पदाधिकारीहरु कार्यक्रमलाई प्रत्यक्ष प्रशारण गर्नमा सहयोग गर्ने प्रवासी नेपाली डटकम परिवार पत्रिका सम्पादक मण्डल लगायत प्रत्यक्ष कार्यक्रम हेर्ने दर्शक तथा स्रोताहरुलाई धन्यवाद ज्ञापन गर्दै अलसुवाइदी नेपाली मेस कमिटिले जीवन थापा मगरको विशेष सहयोगमा खानाको व्यवस्था गरी सहयोग गरेकोमा संस्थाको तर्फबाट हार्दिक आभार व्यक्त गर्नुभएको थियो l

3 thoughts on “कोशेलीको विमोचन कार्यक्रम सम्पन्न पिएनएनद्धारा प्रत्यक्ष प्रशारण

  1. Pingback:

  2. साउदी अरेवियामा स्थापित नेपाली संघ संस्थाका प्रमुखहरुलाई यसै सुचनाद्वारा सुचित गरिन्छकी विश्व नेपाली साहित्य महासंघ साउदी अरेवियाद्वारा साचालीत सृजनाकालहरहरु अनलाईन रेडियोमा नयाँ बर्षको शुभकामना अडियोमा पठाउन चाहानु’हुन्छ भने एक मिनेट नबढाई रेकर्ड गरेर पठाउन हुन हार्दिक अनुरोध गरिन्छ । तंपाईले आफ्नो रेकर्ड प्रत्येक दिन बेलुकी ७:३० बजे पछि फेसबुक तथा मेलबाट जानकारी गराएर पनि रेर्कड गराउन सक्नु’हुनेछ ।

  3. Pingback:

Leave a Reply to Sagar Shrestha Cancel reply

Your email address will not be published. Required fields are marked *