सोध्न मन लाग्यो (भुवन सुनुवार भानु)

(गजल)

कति माया गर्र्छौ सानु, सोध्न मन लाग्यो,

तिमी भित्र मलाई सानु, खोज्न मन लाग्यो

भमरा भई धेरै घुमे, मेरो दिलको वागमा,

किन किन तिम्लाई सानु, रोज्न मन लाग्यो

जादु टुना गरेयौ कि, मेरो मन मझेरीमा,

चोखो माया तिम्लाई सानु, पोख्न मन लाग्यो

ओइलिन्छ कि रहर कतै, डर लाग्छ मनमा,

तराजुमा यो मन्लाई सानु, जोख्न मन लाग्यो

माली बनि मल जलगर, मेरो चोखो प्रितमा,

तिम्रै दिलमा यौवन सानु, रोप्न मन लाग्यो ।।

– रामेछाप, रामपुर- ८
हालः पो. ब. नं: ४८५१, दोहा, कतार

Leave a Reply

Your email address will not be published. Required fields are marked *