सम्झनामा बाँचेको छु (मोहन “परदेशी”)

(गीत)

म्झनामा बाँचेको छु दिन रात गन्दै

छुट्टी जाने दिनहरु कहिले आउँछ भन्दै

पख्र्यो कि त देउरालीमा मेरो बाटो हेर्दै

गायौ कि त गोठाले गीत भाका फेर्दै फेर्दै

सपनीमा हाँसको छु तिम्रै रुप हेर्दै

छुट्टी जाने दिनहरु कहिले आउँछ भन्दै

पख्र्यो कि त खबर मेरो हुलाकीलाई हेर्दै

रोयौ कि त एकान्तमा तस्वीर मेरै हेर्दै

कल्पनामा रमेको छु भेट्ने दिन गन्दै

छुट्टी जाने दिनहरु कहिले आउँछ भन्दै

– पाख्रीबास ३, धनकुटा

Leave a Reply

Your email address will not be published. Required fields are marked *