सम्झनामा भाईटीका (जीतमान राई, सबिन)

अलिकती
सम्झनामा
दिपावली गर्दै
हरेक वर्ष
मनाईरहेको छु
भाईटीका ।
यादहरुमा
सप्तरंगी टीका
सपनामा चेलीको
शुभ आशिष

दिर्घायुको कामना
प्रत्येक वर्ष
पाईरहे कै छु ।

कल्पनामा
चेलीलाई
नसम्झि पानी नखाने
प्रण गरेको छु
प्रत्येक सालहरुमा ।
झलझली
सम्झिन्छु
वाल्यकालको देउसीरे
अिन
मानबीर काका
झिलीमिली झिलीमिली
हामी भन्थ्यौं देउसीरे ।
भाईटीकाको
दिन
कति खानु
सेल रोटी
टपरी भरी-भरी
दुना भरी-भरी
किसिम-किसिमका
मेजमानी

गला मै नअट्ने
सयपत्री र मखमलीका माला
सौहार्दका कोसेली
मायाको चिनो ।
तर
आज म यो
सबै-सबै सँग
बेखबर जस्तै छु
मेरी बहिनीले
फूलको माला
उनेर दाईको
आउने बाटो
हेरेर आँखा भरी आँशु पार्दै
कति वर्ष बिताई पत्तै भएन ।
तर
कसम होला
चम्मर होला
यो साल त यस्तै भो
आउदो सालको
भाईटीकामा

गाउमा हुनेछु
सप्तरङ्गी टीका र मेरी
बहिनीको साथमा हुनेछु ।

– लक्ष्मीपुर-५ ईलाम
हाल: मलेशिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *