मोती जयन्तीको अवसरमा सिर्जना वाचन कार्यक्रम

१५ सेप्टेम्बर २०२१,
विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिले १५५ औँ मोती जयन्तीको अवसर पारेर आफ्नो नियमति १४ औँ सिर्जना वाचन कार्यक्रम भव्य रुपमा सम्पन्न गर्यो I

विनेसाम केन्द्रीय पदाधिकारीहरु सबैको सहजतालाई ध्यानमा राखी र हरेक १५ तारिक गरिने नियमित सिर्जना वाचनलाई जोड्दै १५५ औँ मोती जयन्ती कार्यक्रम भर्चुअल्ली साहित्यमय सिर्जनामय बनाइयो I

केन्द्रीय वरिष्ठ उपाध्यक्ष डा लेखनाथ काफ्लेज्यूको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्षदेखि सदस्यज्यूसम्मले विभिन्न स्वादका सिर्जना वाचन गर्नु भयो I कार्यक्रम सन्चालन सचिव डा मनमुर्ति भुर्तेलले गर्नु भयो I

सिर्जना वाचन :-

  • मनिता तामाङ्ग
  • प्रा. डा.भीम खतिवडा
  • डेन्जोम साम्पाङ्ग
  • डा. नाज सिंह
  • मोहन राज खनाल
  • आर एल श्रमजीवी
  • के वि पौडेल योगी
  • सुनिता राई कन्दङ्वा
  • डा मन मुर्ति भुर्तेल
  • डा. लेखनाथ काफ्ले
    – थप उपस्थिति: कल्पना पौडेल जिज्ञासु…

कार्यक्रमको शुरूमा मोती जयन्तीको उपलक्ष्यमा शुभकामना आदान-प्रदान भए पछि विनेसामका केन्द्रीय सदस्य राहुल बोगीको राई माथि हालै भएको सांघातिक हमलाको घोर भत्सर्ना गर्दै निष्पक्ष छानविन गरी दोषीलाई कारवाही गर्न माँग गरीयो । साथै, राहुल बोगीको राईज्यूको शिघ्र स्वास्थ्य लाभको कामना गरियो।

कार्यक्रमको अन्तिममा डा. लेखनाथ काफ्लेज्यूद्वारा मोतीराम भट्टको जीवनी र योगदान बारे चर्चा गर्दै कार्यक्रम समापनको घोषणा गर्नु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *