विनेसाम नेपाल शाखाद्वारा मोती जयन्ती मनाउँदै नयाँ समिति घोषणा

काठमाण्डौ भदौ २३,

विश्व नेपाली साहित्य महासङ्घ (विनेसाम) नेपाल शाखाले मोती जयन्ती मनाएको छ । १५५ औँ मोती जयन्तीको अवसरमा विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखाले मोती बिमर्श, रचना वाचन तथा विनेसाम लुम्बिनी प्रदेश समिति गठन समेत गरेको छ ।

नेपाल शाखाकी अध्यक्ष कल्पना पौडेल जिज्ञासुको अध्यक्षतामा आयोजित कार्यक्रममा अध्यक्ष जिज्ञासुद्वारा लोकप्रसाद प्याकुरेलको अध्यक्षतामा उपाध्यक्ष – चरित्रा शाह ( बाँके) महासचिव – बाल कृष्ण शर्मा (बाँके ) सचिव – गणेश कार्की (बाँके ) सह– सचिव – जिवराज बम (बाँके) कोषाध्यक्ष – लता शर्मा (बाँके) सदस्यहरु डिला रेग्मी ( बुटवल) केशव गाह (पाल्पा) दर्पण दंगाली (दाङ) पुरन बियोगी (दाङ) लक्ष्मी बस्याल ( बर्दिया) अन्जु सापकोटा (बर्दिया) इन्दिरा गौतम (बाँके) रहेको १३ सदस्यीय विनेसाम लुम्विनी प्रदेस समिति घोषणा गरिएको थियो ।

प्रमुख अतिथि प्रा. डा. भिम खतिवडाले मोतीराम भट्टको बारेमा र नेपाली साहित्यको बारेमा आफ्ना धारणा राख्दै नवगठित समितिलाई बधाई तथा शुभकामना दिएका थिए । ्र उक्त भर्चुवल कार्यक्रममा विनेसाम नेपाल शाखाका उपाध्यक्ष के बी पौडेलले स्वागत गरेका थिए भने केन्द्रीय उपाध्यक्षद्वय डा. लेखनाथ काफ्ले, डेन्जोम साम्पाङ्ग महासचिव सुनिता राई , सीता कार्की, प्रदेश १ कि अध्यक्ष मुना सिग्देल, सल्लाहकार कृष्णप्रसाद गौतमलगायतले आफ्नो मन्तब्य साथै रचना वाचन गरेका थिए ।

नवगठित समितिका अध्यक्ष लेक प्रसाद प्याकुरेलले सबैलाई धन्यबाद ज्ञापन गर्दै पूर्ण लाल चुके डा. इन्द्र बहादुर भण्डारी, कल्पना पौडेल ‘जिज्ञासु’, ऋृषिराम सापकोटा, कबिन्द्र राज भट्टराई सहितको ५ सदस्यीय सल्लाहकार समितिको घोषणा गर्नुका साथै भावि योजना समेत प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रम नेपाल शाखाकी महासचिव अम्विका याम्फु अनमोलले सन्चालन गरेकी थिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *