विनेसाम ताइवान शाखाद्वारा मोती जयन्ती विशेष रुपमा सम्पन्न

ताइवान, ८ सेप्टेम्बर २०२१

विश्व नेपाली साहित्य महासङ्घ ताइवान शाखाले १५५ औँ मोती जयन्ती विशेष कार्यक्रम गरि सम्पन्न गर्यो । उक्त साहित्यिक कार्यक्रम केन्द्रीय वरिष्ठ उपाध्यक्ष डा लेखनाथ काफ्लेज्यूको अध्यक्षतामा सम्पन्न गरिएको थियो । ताइवान शाखाका अध्यक्ष मनोज कंडेल लगायत कपिल अधिकारी, ॐ बहादुर बगाले, सुदर्शन पाण्डे, शंकर पन्थी, जीवन श्रेष्ठ र करन गिरीको उपस्थिती रहेको थियो ।

कार्यक्रममा मोतीराम भाट्टले नेपाली साहित्यमा पुर्याउनु भएको अतुलनीय योगदान भएको चर्चा गरियो । उनको काम जति नाम धेरै पढ्न र सुन्न नपाइने भन्ने विषयमा छलफल भएको थियो । म्यानमार वासी नेपाली भाषी बगाले ले भानुभक्त लाई चिनाउने र नेपाली भषा जोगाउने मोतीराम भट्टको चर्चा कम भएको र म्यानमारमा पनि आउदो वर्ष देखि मोती जयन्तीको अवसरमा केही साहित्यिक कार्यक्रम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

सिर्जना वाचानमा जीवन श्रेष्ठ, शंकर पन्थी र सुदर्शन पाण्डे ले गजल, कपिल अधिकारी, ॐ बहादुर बगालेले, डा लेखनाथ काफ्लेज्यू र मनोज कंडेलले कविता वाचन गर्नु भयेओ ।

कार्यक्रमको अन्त्यमा डा लेखनाथ काफ्लेज्यूले रचनाहरुको विश्लेषण र मोती जयन्तीको शुभकामना दिदै कार्यक्रम समापन गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *