विनेसाम भारत शाखाद्वारा स्मृति सभा तथा पुस्तक लोकार्पण

१२ अगष्ट २०२१,

विश्व नेपाली साहित्य महासङ्घ, भारत शाखा अनि इजा प्रकाशन घुमको संयुक्त आयोजनामा आज वालुक किदुक भवन घुममा दिवङ्गत नारी स्रष्टा इजाहाङ्मा श्रद्धाञ्जली सभा तथा कवयित्री मञ्जुला तामाङ सुब्बाको पहिलो काव्यकृति “इजा-अर्ध्य”को विमोचन कार्यक्रम भव्य रुपमा सम्पन्न गरियो ।

कोभिड प्रोटोकललाई पालन गर्दै सम्पन्न समारोहलाई विनेसाम भारत शाखाका अध्यक्ष राहुल राई “बोगिको”ले अध्यक्षता गरेका थिए । दिवङ्गत इजाको जन्मदिनको अवसरलाई केन्द्र मानेर आयोजित समारोहको प्रथम चरणमा तिनको स्मरणमा दिप प्रज्वलन गरी मौनधारण पालन गरिएको थियो । साहित्यकार डा. साङ्मु लेप्चा प्रमुख आतिथिको रुपमा उपस्थित रहेको श्रद्धाञ्जली सभा तथा कृति लोकार्पण समारोहलाई शाखाकी मूलसचिव सुमित्रा अविरलले सञ्चालन गरेकी थिइन् । डा. गोकुल सिन्हा, सचेन्द्र दुमी राई, समारोहका अध्यक्ष, प्रमुख अतिथि, कृष्ण प्रधान, ग्याल्पो लामा, डा. सिताराम अधिकारी, प्रकाशक नविन सुब्बा, दोर्जी ईडेन तामाङ अनि कृतिकार मञ्जुला तामाङले संयुक्त रुपमा कृतिको विधिवत् लोकार्पण गरेका थिए ।

गायिका सोनु राईको सरस्वती बन्दना अनि  देविका मंग्रातीले कृतिकारको परिचय प्रस्तुत गरेका थिए भने समारोहमा सम्पादक लेखक कृष्ण खड्का, लाक्पा तामाङ, रमाकान्त गुप्ता, शुभोमय च्याटर्जी अनि पत्रकार सञ्जय विश्वासलाई विनेसाम भारत शाखा एवम् इजा प्रकाशन परिवार पक्षबाट प्रशस्तिपत्रसँगै स्मृतिचिन्ह प्रदान गरेर सम्मान जनाइएको थियो । कवयित्री नम्रता संस्कार शर्माले प्रशस्तिपत्र पठन गरेकी थिइन् भने पवन महिमा, महेश्वर प्रधान र निरु विन्दुले कविता वाचन गरेका थिए ।

कार्यक्रममा नुरन राईले इजाहाङ्माको प्रसङ्गमा कवयित्री श्रीमति सुब्बाले रचना गरेको गीत प्रस्तुत गरे । घुम, दार्जीलिङ, सिलगड़ी, मणिपुर, सुके, मिरिक खरसाङ क्षेत्रका कवि लेखक एवम् पत्रकारहरूको उपस्थिति रहेको थियो । समारोहमा स्व. इजाहाङ्मा र विमोचित कृतिमाथि डुवर्स आजकलका संचालक तथा समिक्षक हर्कु तामाङ, मणिपुरका अतिथि लेखक साहित्यकार डा. अधिकारी, डा. सिन्हा, प्रतिष्ठित हाँस्य लेखक र नाटककार कृष्ण प्रधानले प्रकाश पारेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *