विनेसाम प्रदेश न: एक मा २०८ औं भानु जयन्ती सम्पन्न

१२ जुलाई २०२१,

विनेसाम नेपाल, प्रदेश नम्बर एक शाखाले आयोजना गरेको २०८ औँ भानु जयन्ती तथा रचना वाचन आज असार २८ गते बेलुका ७ देखि ९:३० सम्म डिजिटल जुम एप्सको माध्यमबाट भव्य रुपमा सम्पन्न भएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानका काब्य विभाग प्रमुख प्राज्ञ प्रा डा हेमनाथ पौडेलज्यूको प्रमुख अतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व प्रदेश १ कि अध्यक्ष मुना सिग्देलज्यूले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालना संस्थाका महासचिव निराजन लुइँटेलज्यूले गर्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सक्रिय सदस्य श्री ओम श्रमिकज्युले राख्नु भएको थियो भने भानुभक्तको जीवनीमाथि संस्थाका सल्लाहकार अग्रज श्री कृष्णप्रसाद गौतमज्यूले प्रकाश पार्नु भएको थियो ।

खासमा भानु जयन्ती २९ असारमा पर्ने भए तापनि यो हप्तानै भानु साताको रुपमा आफ्नो सहजताको आधारमा विश्वभर मनाउने प्रचलन अनुसार प्रदेश एकले पनि २८ गतेनै कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा उल्लेखनीय सर्जकहरुको उपस्थिति रहेको थियो । लगभग २ घण्टा ३० मिनेटजति चलेको कार्यक्रममा अतिथिहरुको भानुभक्त प्रतिको, नेपाली साहित्य प्रतिको दुई शब्द अनि सर्जकहरुको रचना वाचनलाई क्रमशः जोड्दै कार्यक्रम अगाडी बढाइएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा वरिष्ठ भाषाविद् प्राध्यापक डाक्टर टङ्कप्रसाद न्यौपानेज्यूको उपस्थिति रहेको थियो भने अन्य अतिथिहरुमा विनेसाम केन्द्रीय अध्यक्ष श्री सुरेन्द्र लिम्बू परदेशीज्यू, लेखक समालोचक प्रा. डाक्टर गोपाल भण्डारीज्यू, चर्चित कवि/ समालोचक मुनराज शेर्माज्यू, अनि सानो सानो पुस्तक प्रकाशित गरि छुट्टै नाम बनाउन सफल कवि/ साहित्यकार ईरान राई सेवकज्यू, विनेसाम केन्द्रीय महासचिव सुनिता राई कन्दङ्वाज्यूलगायतको उपस्थिति रहेको थियो । सबै अतिथिहरुले भानुको बारेमा प्रकाश पार्दै, आफ्नो रचनाहरु पनि पस्कनु भएको थियो ।

यसैगरी कार्यक्रममा, रचना वाचन तथा अतिथिको रुपमा, गनि गुरुङ्ग, अजित क्षेत्री, जि पि तिवारी, भावना न्यौपाने, लिलानाथ सिलवाल, विनेसाम नेपाल शाखा कि अध्यक्ष कल्पना पौडेल जिज्ञासु, संतोष आमगाइ, रमेन्द्र कोइराला (आयोजक संस्थाका सदस्य), द्वारिका रिजाल, कमला भण्डारी ढकाल, सुमन म्याहाङ्ग राई (आयोजक संस्थाका सचिब), भीमबहादुर खनाल, दीपक दाहाल, केन्द्रीय समितिका अर्थसचिव के बी पौडेल, माधव गौतम, नगेश काफ्ले, शंकर आत्मा, तपन जीयम आदिको गरिमामय उपस्तिथि रहेको थियो । सबै सर्जक अतिथिहरुले आआफ्नो रचना साथै भानुको बारेमा पनि केही कुरा राख्नु भएको थियो ।

कार्यक्रमको समापन संस्थाकी अध्यक्ष तथा कार्यक्रमको सभापति मुना सिग्देलज्यूले सबै उपस्थित पाहुनाहरुलाई धन्यवाद ज्ञापन गर्दै आउने दिनहरुमा पनि सबैको गरिमामय उपस्थितिको अनुरोध गर्दै गर्नु भएको थियो।

विनेसाम नेपाल – प्रदेश नम्बर एक शाखा
अध्यक्ष – मुना सिग्देल
महासचिव – निराजन लुइँटेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *