छन्दको पाँचौँ कक्षा समापन सम्पन्न

12/ 6/ 2021
विश्व नेपाली साहित्य महासङ्घ, भारत शाखाले सञ्चालन गर्दै अाइरहेको छन्द बचाऊ अभियानको पाँचौं कक्षा समापन समारोह भव्य रुपमा सम्पन्न भएको छ । भारत शाखाका अध्यक्ष राहुल राई “बोगिको”को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मुख्य अतिथिको रूपमा डा. जीवन राणा, नेपाली भाषा परामर्श समिति साहित्य अकादेमी नयाँ दिल्ली, विशेष अतिथिको अासनमा विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिका अध्यक्ष सुरेन्द्र लिम्बू “परदेशी” साथै विनेसाम भारत शाखाका सरंक्षक द्वय वरिष्ठ समालोचक सुकराज दियाली अनि शरद छेत्री साथै त्रिपुरा विश्वविद्यालयका उपकुलपति गङ्गा प्रसाईंको गरिमामय उपस्थितिमा भर्चुअल कार्यक्रम भव्यताका साथ सम्पन्न भयो।

कार्यक्रमको पहिलो चरणमा छन्द कक्षा अनि यसको मूलउदेश्य बारे विनेसाम भारत शाखाकी सचिव श्रीमती सुमित्रा अविरलले वक्तव्य राख्नु भयो । कार्यक्रममा छन्द सिकेर रचना वाचन गर्ने कविहरूको पनि राम्रो उपस्थिति थियो । मुख्य अतिथिको वक्तव्यमा डा जीवन राणाले लुप्तप्राय हुँदै गरेको छन्द विधामाथि यसरी काम गरेको र यसले उठाएको लाभ देखेर भारतमा पनि छन्द अब फस्टाएर जाने रहेछ, धेरै उन्नति हुने रहेछ भन्ने कुरा राख्दै छन्दमा वाचन गरिएका कविताहरूको प्रशंसा गर्नु भयो । त्यसरी नै केन्द्रीय अध्यक्ष श्री सुरेन्द्र लिम्बू “परदेशी”ले अर्थपूर्ण कामकोलागि भारत शाखालाई बधाई दिँदै आगामी दिनमा पनि अझ प्रभावकारी काम गर्ने सन्दर्भमा शुभकामना दिनु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै उपकुलपति प्रसाईं सरले लोकलयसँग सम्बन्धित यो विधामा यसरी हुँदै गरेको उन्नति देखेर मुक्तकण्ठले प्रशंसा गर्नुभयो । कार्यक्रममा गायत्री गौतम, शान्ति भुजेल, आशिष खतिवडा, विजय कुमार, महेश आत्रेय, प्रेम न्यौपानेलगायतले छन्द सिर्जना वाचन गर्नु भएको थियो ।

कार्यक्रमको अन्त्यमा विनेसाम भारत शाखाका अध्यक्ष श्री राहुल राई “बोगिको”ले आफ्नो सम्बोधनमा छन्दको गरिमालाई भारतमा पनि फैलाएर लैजाने साथै यसमाथि धेरै काम गर्ने कुराको जानकारी गराउनु भयो ।

कार्यक्रममा छन्द गुरु मोहन गौतमले स्वागत सम्बोधन र धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको सञ्चालन रोचक र मिठो छन्दमा छन्द गुरू गोपल ढकालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *