विनेसाम शाखा म्यान्मारले भव्य रुमपा भानुजयन्ति मनाइयाे

१३ जुलाई २०२१,

२०८ औँ भानुजयन्ति १३,७,२०२१ असार”२९”गते मंगलबार सायं ६ः००बजेबाट भर्चुअल जुममा विशेष कार्य मनाउन सफल भएकाेछ।

हाम्राे कार्यक्रममा मुख्य अतिथी म्यान्मारका लागि राजदूत कवि भीमकृष्ण उदासज्यू,नेपाल प्रज्ञा प्रतिष्ठानबाट वरिष्ट छन्द कवि सम्मानिय गुरु देवी नेपालज्यू, विश्व नेपाली साहित्य महासङ्घ केन्द्रीय समितिका अध्यक्ष वरिष्ट साहित्यकार सुरेन्द्र लीम्बू परदेशीज्यूकाे उपस्थितिमा कविता वाचन सहित भव्य रुपले मनाइयाे।

म्यान्मार शाखाका अध्यक्ष युवा साहित्यकार लक्ष्मण न्याैपानेज्यू, वरिष्ठ उपाध्यक्ष माेहनराज खनाल, म्यान्मार शाखाका उपाध्यक्ष, बर्मिज र नेपाली कवि प्रवीणहरी प्रधानज्यू,सल्लाहकार कवि हुताशान पाेख्रेलज्यू, सल्लाहकार कवि अशाेक घिमीरेज्यू, अतिथी कवि, बालकृष्ण रिजालज्यू, शाखा सचिव कवि, तिलकराम पाेख्रलज्यू, शाखा काेषाध्यक्ष तथा विनेसास कछिन्स्टेट प्रशाखा अध्यक्ष कवि, भीम पाण्डेज्यू,सदस्य, ताइवानबाट ओंमबहादुर बगालेथापाज्यू हरु र अन्य कविहरुकाे कविता बाचन भयाे।

विशिष्ट अतिथी छन्दकवि देवी नेपालज्यू बाट छर्लङ्घ सिङ्गाे नेपाल हृदयबाटै देखिने छन्द कविताकाे साथ छन्द रचना विषय  मन्तव्य आदिकवि, भानुभक्त आचार्यकाे अविस्मरणिय हाम्राे हृदयमा भाषा साहित्य प्रेम र सेवाका भावहरु अपनाइ रहनुपर्ने अमूल्य वाणी अमृतरस वर्षाउनु भएकाेथियाे।

अतः सम्पूर्ण उपस्थित अग्रज कवि हरु र मित्र कविवर हरुमा हार्दिक हार्दिक धन्यवाद दिनचाहन्छु र जुम मार्फत सहयाेग गरिरहनु हुने कवि मित्र प्रवीणहरी प्रधानज्यू लगायत सम्पूर्णमा हार्दिक शुभकामना।

आयाेजक
विश्व नेपाली साहित्य महा संघ,म्यान्मार शाखा

Leave a Reply

Your email address will not be published. Required fields are marked *