विनेसामको ११औं वार्षिकोत्सव तथा २०८ औँ भानुजयन्ती सम्पन्न

२९ असार २०७८ ,

विश्व नेपाली साहित्य महासङ्घले आफ्नो ११औं वार्षिकोत्सव तथा २०८औं भानुजयन्ती विचार विमर्श र सृजना वाचनसहित भव्यताका साथ सम्पन्न गरेको छ ।

नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा त्रिपुरा विश्वविद्यालय, भारतका कुलपति प्रा.डा. गङ्गाप्रसाद प्रसाईं, म्यानमारकालागि नेपाली राजदूत श्री भीम उदास, नेपाल प्रज्ञा-प्रतिष्ठानका काव्यविभाग प्रमुख प्राज्ञ प्रा.डा. हेमनाथ पौडेल, असमबाट वरिष्ठ साहित्यकार लीलबहादुर क्षेत्री, लीलाबोधि चिन्तक कृष्ण धरावासी, प्रा.डा. गोविन्दराज भट्टराई, प्रा.डा. टङ्प्रसाद न्यौपाने, काशी हिन्दू विश्वविद्यालय बनारसका भारतीय भाषा विभाग प्रमुख प्रा.डा. दिवाकर प्रधान, बि. बरुवा कलेज गुवाहाटी असमकी असमिया भाषा विभाग प्रमुख प्रा.डा. इन्दुप्रभा देवी, जेएनपीजी कलेज लखनउका प्रा.डा. नलिन रञ्जन सिंह, कुन्ता शर्मा, उपेन्द्र सुब्बा, मनु मञ्जिल, भारतीय साहित्य अकादेमी नयाँ दिल्लीका सदस्य डा. जीवन राना, पद्मकन्या क्याम्पसकी उपप्राध्यापक डा. ज्ञानु अधिकारीलगायतको विशिष्ट आतिथ्य रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि माननीय कुलपति प्राज्ञ गङ्गाप्रसाद उप्रेती, विशिष्ट अतिथिहरू कुलपति प्रा. डा. गङ्गाप्रसाद प्रसाईं, लीलबहादुर क्षेत्री, प्राज्ञ प्रा. डा. हेमनाथ पौडेल, कृष्ण धरावासी, प्रा. डा. गोविन्दराज भट्टराई, प्रा डा टङ्कप्रसाद न्यौपाने, प्रा. डा. दिवाकर प्रधान, प्रा. डा. इन्दुप्रभा देवी, प्रा. डा. नलिन रञ्जन सिंह, कुन्ता शर्मा, उपप्राध्यापक डा. ज्ञानु अधिकारी, मोहनराज खनाल, रत्न बज्र लामालगायतले भनुमाथि प्रकाश पार्दै महत्वपूर्ण भनाइहरू राख्नु भएको थियो । त्यसैगरी मनु मन्जिल, भुवन रोका, डा. नाज सिंह, कृष्णप्रसाद गौतम, ओमबहादुर बगाले आदिले आआफ्नो सिर्जना वाचन गर्नु भएको थियो ।

विश्व नेपाली साहित्य महासङ्घका संस्थापक अध्यक्ष डा. मधु माधुर्य, निवर्तमान अध्यक्ष विश्वासदीप तिगेला, साहित्यिक चौतारी नेपालकी अध्यक्ष गीता भण्डारी, हङकङ साझा शृङ्खलाका अध्यक्ष रमण गुरुङ, प्रा.डा. भीम खतिवडालगायतले कार्यक्रम र भानुभक्तको चर्चा गरेका थिए ।

सानी नानू चक्षु भट्टराईको श्लोक वाचन र डा. लेखनाथ काफ्लेको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रम विनेसाम विश्व केन्द्रीय समितिका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीको सभापतित्व र महासचिव सुनिता राई कन्दङ्वाको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *