जलिरहेको देश (केदार सुनुवार संकेत)

चुल्होमा आगो बाल्न

र एउटा पेट भर्न

धौधौ परेको बेला

सिंगो देश आफै जलिरहँदा

अझै पनि देशका राष्ट्रवादीहरू

घरभित्रको सिकार खेल्दै छन् ।

मरेको माछाले

बकुल्लाको ध्यान

साकार पारेझै

अर्काले मादल बजाउँदा

हामी नाचेकै छौं

यस्तो ताल कायमै छ

मेरो देशमा ।

राष्ट्रको नाम

विश्वसामु

राम्रो कामले चिनाउन नसकेकै बेला

विश्वकै पछौटे र भ्रष्टाचारीको

उपमाले अरू कति शताब्दी

नेपाली जनताले चिनिनु पर्ने हो ।

बल्लतल्ल

एक थरी सिकारीले

बन्दुक बिसाएका बेला

मधेस र पहाड छुट्याउने रे

आ-आफ्नै छुट्टै राज्य संरचना गर्ने रे

ए अवनतिका पथभ्रष्ट

दुष्टहरू हो

तिमीहरू त यो देशका

कलंकहरू हौ ।

यदि तिमीले

त्रि्रो छुट्टै देश खोज्छौ भने

पूर्वी सिमानाका

साँधहरूसँग नाप

अनि नपुगेका कालापानीका

सिमानालाई नाप

र नाप

सिमाना पारिका

अर्थतन्त्र, बौद्धिक

र विकासका उन्नतिहरूलाई नाप

निश्चित भूगोलको मेरो देशमा तिमी स्वयं हुर्केर

फेरि अर्को सिमानाको

कृत्रिम सीमारेखा

कोर्न नखोज

तिमीले अर्को

निश्चित भूगोलको देश खोज्नु भनेको

पानीविनाको माछाझैं

देशविनाको नागरिक जस्तै भएर

बाँच्नुको अर्थमा

अनर्थ भएर

जिउन खोज्नुको नमिठो एउटा संज्ञा हो ।

– बेलायत

Leave a Reply

Your email address will not be published. Required fields are marked *