विनेसाम केन्द्र र शाखा नेपालको संयुक्त सिर्जना वाचन, चर्चा र विमर्श सम्पन्न

जनवरी १५, २०२१,

विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिले शाखा नेपालसँग संयुक्त सिर्जना वाचनको आठौँ शृंखला फरक तरिकाले भर्चुअल्ली भव्यताका साथ समपन्न गर्यो I

नेपाली भाषा साहित्यको उन्नयन विकास तथा श्रीवृद्धिमा निरन्तर सक्रिय रुपमा लागिरहेको विनेसाम केन्द्रले विभिन्न साहित्यिक गतिविधिहरु गर्दै आइरहेको छ I संसारमा जहाँ नेपालीहरु पुगेका छन् त्यहाँ नेपाली भाषा पुग्नुपर्छ भन्ने मूल उदेश्य लिई विश्वमा नेपाली भाषा चिनाउन लागिपरेको छ विश्व नेपाली साहित्य महासङ्घ I विभिन्न देशमा स्थापित आफ्ना शाखासँग साहित्यिक यात्रा गरिरहेको विनेसाम केन्द्रले यसपटक शाखा नेपालसँग सिर्जना वाचन भर्चुअल्ली भव्य रुपमा सम्पन्न गरेको छ I

केन्द्र र शाखा बिचको साहित्यिक सम्बन्धलाइ अझ प्रगाढ बनाउन र नेपाली भाषा साहित्यको उन्नतिमा अझै टेवा पुर्याउने हेतु थालनी गरिएको सिर्जना वाचन निरन्तर रुपमा हरेक महिनाको दोस्रो साता गर्दै आएकोमा यसपाली भने कार्यक्रमको स्वरुपमा केहि परिमार्जन गरि ” सिर्जना वाचन , चर्चा र विमर्श ‘ शिर्षकमा सिर्जना वाचन कार्यक्रमलाइ अझ विशेष बनाउने प्रयत्न गरियो I कार्यक्रममा वाचन भएका सिर्जनाहरुको समिक्षा डा नाज सिंहले गर्नु भएको थियो भने सम्पूर्ण कार्यक्रमको विश्लेषण सँस्थाका सल्लाहकार तथा वरिष्ठ साहित्यकार डा कृष्णप्रकाश श्रेष्ठज्यूले गर्नु भयो I

विनेसाम केन्द्र र शाखा नेपालको संयुक्त सुन्दर साहित्यिक कार्यक्रमको सुरुवात केन्द्रीय उपाध्यक्ष सावित्रा लुइँटेल घिमिरेको सुन्दर छन्द कविताबाट भयो र क्रमश: केन्द्र र शाखाका पदाधिकारीज्यूहरुले विभिन्न विधा (कविता,गजल, मुक्तक, लघुकथा आदि) मा सिर्जित अत्यन्त सुन्दर सिर्जनाहरु वाचन गर्नु भयो I सिर्जना वाचन क्रमको मध्यान्तरमा विनेसाम केन्द्रीय समितिका सल्लाहकार प्रा डा भिम खतिवडाज्यूले फरक कार्यक्रम प्रस्तुतिको मनदेखि प्रसंसा गर्दै निकै दमदार नारा कविता प्रस्तुत गर्नु भयो I त्यसपश्चात् बाँकी वाचकहरुले क्रमश: आफ्ना सुन्दर सिर्जनाहरु पस्कनु भयो I आजको यो पृथक कार्यक्रम साहित्यमय तथा सफल भएको सँस्थाका सल्लाहकार डा कृष्णप्रकाश श्रेष्ठज्यूले कार्यक्रम विश्लेषणका क्रममा भन्नु हुँदै आउँदा दिनहरुमा अझ उन्नति होस् भन्ने कामना व्यक्त गर्नुका साथै आगामी कार्यक्रमका लागि केहि अमूल्य सुझाव पनि राख्नु भयो I
आजको ”सिर्जना वाचन, चर्चा र विमर्श” कार्यक्रमको
आठौँ शृंखलामा प्रत्यक्ष उपस्थित भै वाचन गर्नुहुने पदाधिकारीज्यूहरु:-
केन्द्रबाट_
सल्लाहकारद्वय;

  • डा कृष्णप्रकाश श्रेष्ठ (मस्को/रसिया), आजको कार्यक्रमको विश्लेषक I
  • प्रा डा भिम खतिवडा (धरान/नेपाल)
  • अध्यक्ष = सुरेन्द्र लिम्बू परदेशी (अबस्था प्रतिकुलका कारण आज मात्र उपस्थिति रह्यो अध्यक्षज्यूको)
  • आजको सभाध्यक्ष – वरिष्ठ उपाध्यक्ष = डा लेखनाथ काफ्ले (ताइवान)
  • उपाध्यक्ष = ड़ेन्जोम साम्पाङ्ग (अमेरिका )
  • उपाध्यक्ष = सावित्रा लुइँटेल घिमिरे (इजरायल)
  • महासचिव = सुनिता राई कन्दङ्वा (इजरायल)
  • सचिव = डा मनमुर्ति भुर्त्यल (रसिया)
  • सहसचिव = भुवन रोका (जापान)
  • कोषाध्यक्ष = केबी पौडेल (काठमाडौं/नेपाल)
  • सदस्य = डा नाज सिंह (आजको कार्यक्रमको समिक्षक)
  • सदस्य= मोहनराज खनाल (म्यान्मा)
  • सदस्य= अमित चाम्लिङ्ग (कुवेत)

  • शाखा नेपालबाट उपस्थित…….
  • अध्यक्ष = कल्पना पौडेल ‘जिज्ञासु’
  • उपाध्यक्ष = केशु पोखरेल खनाल
  • महासचिव = अम्बिका याम्फु
  • सदस्य= बिमला अधिकारि देवकोटा
  • सदस्य = सीता बिष्ट कार्की
  • सदस्य = बिमला शर्मा ढुंगाना
    यसरी क्रमैसंग सिर्जना वाचन सकिएपछी आजको काव्यिक कार्यक्रमको समिक्षक डा नाज सिंहले वाचन भएका सम्पूर्ण सिर्जना माथि समिक्षा गर्नु भयो र त्यस्तैगरी सँस्थाका सल्लाहकार तथा वरिष्ठ साहित्यकार कृष्णप्रकाश श्रेष्ठज्यूले संक्षिप्तमा सुन्दर विश्लेषण गर्नु भयो र साथै एउटा सुन्दर सिर्जना पनि वाचन गर्नु भयो I

  • कार्यक्रमको अन्त्यमा सल्लाहकारज्यू , केन्द्रका पदाधिकारीहरु, नेपाल शाखाका सम्पूर्ण पदाधिकारीहरु साथै कार्यक्रममा प्रत्यक्ष उपस्थित हुनु भएका विनेसाम शाखा ताइवानका पदाधिकारीहरु सम्पूर्णमा हार्दिक हार्दिक आभार व्यक्त गर्नुहुँदै विशेष धन्यवाद तथा आभार कार्यक्रमका समिक्षक डा नाज सिंह तथा कार्यक्रमका विश्लेषक वरिष्ठ साहित्यकार संस्थाका सल्लाहकार डा कृष्णप्रकाश श्रेष्ठज्यूमा व्यक्त गर्नु भयो I र आफ्ना एउटा सुन्दर कविता प्रस्तुत गरेर आजको कार्यक्रमलाइ समापन गर्नु भयो सँस्थाका वरिष्ठ उपाध्यक्ष तथा आजको कार्यक्रमका सभाध्यक्ष डा लेखनाथ काफ्लेज्यूले I