विनेसाम शाखा कुवेतको अध्यक्षमा कटवाल

पुष २६,
विश्व नेपाली साहित्य महासंघ शाखा कुवेतको अधिवेशन अनलाईन भर्चुअल वेबिनार मार्फत ८ तारिख जनवरी शुक्रबार सम्पन्न गर्दै अध्यक्षमा साहित्यका तथा गीतकार प्रेम कटवाललाई चयन गरेको छ।

विश्व नेपाली साहित्य महासंघ कुवेतका अध्यक्ष अमित चाम्लिङ राईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथी केन्द्रिय अध्यक्ष सुरेन्द्र परदेशि(भारत),विशेष अतिथि आख्यानकार मदन पुरस्कार विजेता राजन मुकारुङ(नेपाल),केन्द्रिय सल्लाहकार प्रा.डा भिम खतिवडा (नेपाल),केन्द्रीय सल्लाहकार कृष्णप्रकाश श्रेष्ठ( रसिया) अतिथिहरुमा महासचिव सुनिता राई कन्द्ङवा (इजरायल),बरिस्ठ उपाध्यक्ष डा.लेखनाथ काफ्ले( ताइवान),उपाध्यक्ष सावित्री लुइटेल(इजरायल), सहसचिव भुवन रोका(जापान),कोषाध्यक्ष केबि पौडेल(नेपाल),कवि केशव सिलवाल ( नेपाल),विनेसाम भारत शाखा अध्यक्ष राहुल राई,साउथ लन्डन विनेसाम उपाध्यक्ष,महासचिव अमित यक्थुङ्बा, पत्रकार महासङ्घ कुवेत अध्यक्ष हरि कृष्ण न्यौपाने,एनआरएन कुवेतका महासचिव दिल कुमार पाख्रीन, मन्जित चाम्लिङ राईले आफ्नो सृजना र शुभकामना राखेका थिए। कार्यक्रमको सहजीकरण भुवन सुवेदी र नवनिर्वाचित महासचिव केशर घलानले गरेको थियो।

शुभकामना मन्तब्यकै क्रममा प्रा.डा. भिम खतीवडा,अग्रज साहित्यकार कृष्णप्रकाश श्रेष्ठ र लेखक तथा आख्यानकार राजन मुकारुङले आफ्नो धारणा समेत राख्नु भएको थियो। “नेपाली साहित्य अझै पूर्ण नभएको र सर्वपहिचान झल्काउने हुन नसकेकोले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधतालाई समेट्ने गरी साहित्यिक संस्थाहरु अघि बढ्नु पर्ने र समाजका जराहरु लेखिएन भने सामाजिक न्याय नमिल्ने भन्दै आख्यानकार राजन मुकारुङ्गले सुझावसहितको शुभकामना ब्यक्त गर्नुभएको थियो।

नवनिर्वाचित अध्यक्ष प्रेम कटवालले स्वागत मन्ततब्य सङ्गै नवनिर्वाचित अध्यक्ष प्रेम कट्वाललाई केन्द्रिय अध्यक्ष सुरेन्द्र परदेशिले सफत ग्रहण गराउनु भएको थियो कार्यक्रम सभापति अमित चाम्लिङ राईले सस्थाको विवरण पेश सहित सबैमा सधन्यवाद ब्यक्त गर्दै नवनिर्वाचित कार्यसमितको घोषणा पश्चात् सृजना र शुभकामनाको कार्यक्रमको साथ समापन गरिएको थियो।

कुवेतमा रहेका श्रष्टाहरुलाई समेट्दै २३ अक्टोबर २०१४ को दिन विश्व नेपाली साहित्य महासङ्घ कुवेत शाखा एशिया हल कुवेत सिटि मालियामा अमित चाम्लिङ राईको अध्यक्षतामा गठन भएको थियो। यस अवधिमा साहित्यमा मात्रर नभएर बिभिन्न सामाजिक कार्यहरु पनि संचालन गरेको जानकारी अमित चाम्लिङ्ग राइले जानकरी गराउनु भएको थियो।

साहित्यकार तथा गीतकार प्रेम कटुवालको अध्यक्षतमा नयाँ कार्यसमिति चयन भएको छ।
संरक्षक:-
अमित चाम्लिङ राई
सल्लाहकारहरु:-
१)जय आले
२)भुवन सुबेदी
३)दिल कुमार पाख्रीन
४) नैन कला राई
५) राणाध्वज लामा
१)अध्यक्ष-प्रेम कटवाल (खोटाङ )
२)उपाध्यक्ष – गङ्गा सुवेदी ( झापा)
३)उपाध्यक्ष- ईन्द्र भुषाल (पर्वत)
४)महासचिव- केशर घलान तमाङ (ललितपुर)
५)सचिव- आकास शेर्पा (ओखल्ढुङ्गा )
६)कोषाध्यक्ष- सुरेश गुरुङ ( सङ्खुवासभा)
सदस्यहरु:-
७)बिष्णु भट्टराई (खोटाङ)
८)कृष्ण पौडेल (झापा)
९)बिमला पण्डित (काठमाण्डौ )
१०)गोबिन्द मल्ल (कास्की )
११)युबराज राई (खोटाङ)
१२) छबिराम सुनार (नवलपरासी)
१३)उमा घिमिरे (मोरङ)