विनेसाम केन्द्रको सिर्जना वाचन शृङ्खला जापानसँग

(३१ साउन २०७७/15 अगस्त 2020) विश्व नेपाली साहित्य महासङ्घ ‘विश्व केन्द्रीय समिति’ले शाखा जापानसँग आज १५ अगष्ट २०२० (शनिबार) रचना वाचनको तेस्रो शृङ्खला सम्पन्न गर्यो I केन्द्रले नियमित रुपमा गर्दै आएको रचना वाचन शृङ्खलामा हरेक महिना एक शाखालाई समेट्ने निर्णय भएसँगै यसपटक बिनेसाम शाखा जापानलाई समेटिएको हो I

बिनेसाम केन्द्रले विश्वमा छरिएर रहेका आफ्ना शाखाहरुसँग सुमधुर साहित्यिक सम्बन्ध कायम गर्न यसखाले सिर्जनात्मक कार्यक्रमको सुरुवात गरेको हो I हरेक महिना एक शाखालाइ समेट्दै अपडेट लिने र रचना वाचन शृङ्खलामा सामेल गरि आत्मियता बढाउने अभिप्राय अनुरुप महासङघ अघि बढिरहेको छ I यस प्रकारको साहित्यिक कार्यक्रमले केन्द्र र शाखाबीच सम्बन्ध अझ मजबुत र सिर्जनशील बन्ने विश्वास लिईएको छ ।

आजको रचना वाचनको तेस्रो शृङ्खलामा सिर्जना वाचन गर्ने पदाधिकारीज्यूहरु :

केन्द्रीय सल्लाहकार बिगत पाँच दशकदेखि रसियामा रही नेपाली भाषा साहित्यको सेवा गरिरहनु भएका वरिष्ठ साहित्यकार कृष्णप्रकाश श्रेष्ठज्यू , धरानमा रहेर लामो समयदेखि नेपाली भाषा साहित्यको सेवामा सक्रिय रहनु हुने प्राध्यापक डा भिम खतिवडाज्यू I त्यसैगरी-

  • अध्यक्ष – सुरेन्द्र लिम्बू परदेशी (भारत)
  • बरिष्ठ उपाध्यक्ष – डा लेखनाथ काफ्ले (ताइवान)
  • उपाध्यक्ष – सावित्रा लुइँटेल घिमिरे (इजरायल)
  • महासचिव – सुनिता राई कन्दङ्वा (इजरायल)
  • सचिव – डा मनमुर्ति भुर्तेल (रसिया)
  • सहसचिव – भुवन रोका (जापान)
  • सहकोषाध्यक्ष – केबी पौडेल (नेपाल)
  • सदस्य – डा नाज सिंह (डेल्ली/भारत)
  • सदस्य – अमित चाम्लिङ्ग राई (कुवेत)
  • सदस्य – कल्पना पौडेल ‘जिज्ञासु’ (नेपाल)
  • सदस्य – मोहनराज खनाल (म्यान्मा)
  • सदस्य – राहुल राई बोगिको (मणिपुर/भारत)
  • सदस्य – आर एल श्रमजीवी (बेल्जियम)

_ बिनेसाम शाखा जापानबाट. .

  • महासचिव – रविन्द्र दिखुक्पा
  • सचिव – विमन किराती
  • कोषाध्यक्ष – शिवराज राई
  • सदस्य – दीप मुस्कान
  • सदस्य – विजय स्याङ्बो
    आदि रहनु भएको थियो ।

आजको रचना वाचन कार्यक्रम अत्यन्तै फलदायी रह्यो । कार्यक्रमलाई महासङ्घ विश्व केन्द्रीय समितिकी महासचिव सुनिता राई कन्दङ्वाले इजरायलबाट सन्चालन गर्नु भएको थियो । जापान शाखालाई हार्दिक धन्यवाद तथा साहित्यिक उन्नतिको कामना गर्दै प्रविधि संयोजन गर्नुहुने सचिव डा मनमुर्ति भुर्तेल साथै सहभागी सम्पूर्णमा आभार व्यक्त गर्दै कार्यक्रमका सभापति महासङ्घका केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीले कार्यक्रमको समापन गर्नु भयो ।