विनेसामको बैठक कोरोनामा केन्द्रीत

२८ मार्च २०२०
संसार कोरोना भाइरसको संक्रमणले आतङ्कित बनिरहेको कुरालाई मध्यनजर गर्दै विश्व नेपाली साहित्य महासङ्घको नियमित बैठक सम्पन्न भएको छ । बैठकले यो माहामारीलाई फैलनबाट रोक्नमा विशेष भुमिका निर्वाह गर्नु हुने कम्तिमा दुई जनालाई आगामी विश्व नेपाली साहित्य सम्मेलनमा विशेष सम्मान गर्ने निर्णय गरेको छ । सम्मानित व्यक्तित्वहरु लेखक, कलाकार, सन्चाकर्मी, सामाजिक अभियन्ता, राजनितिज्ञ जो पनि हुन सक्ने छन् । उक्त बैठकमा विश्वभरि छरिएर रहेका महासङ्घका सम्पूर्ण पदाधिकारीहरुसँग कोरोना भाइरसको संक्रमण र आफ्नो ठाउँमा यसले पारेको प्रभावको बारेमा जानकारी तथा शुभकामना आदानप्रदान भएको थियो ।

आजको बैठकले महासङ्घको पूर्ण सहमतिमा विधान वमोजिमको समिति बनाउँदै कवि डा नाज सिंहलाई विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय सदस्यमा मनोनित गरेको छ । बैठकको अन्त्यमा रचना वाचन तथा नव नियुक्त केन्द्रीय सदस्य डा नाज सिंह साथै विभिन्न जिम्मेवारीमा चयन हुनु भएका नयाँ पदाधिकारीहरुलाई बधाई तथा कार्यकाल सफलताको शुभाकामना व्यक्त गरिएको थियो । बैठक महासङ्घका विश्व केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीको सभापतित्व तथा महासचिव सुनिता राई कन्दङ्वाको संचालनमा सम्पन्न भएको थियो ।

बैठकमा तपशिल बमोजिमको उपस्थिति रहेको थियो :
१) अध्यक्ष सुरेन्द्र लिम्बू परदेशी (भारत)
२) वरिष्ठ उपाध्यक्ष डा. लेखनाथ काफ्ले (ताइवान)
३) उपाध्यक्ष डेन्जोम साम्पाङ (अमेरिका)
४) उपाध्यक्ष सावित्रा लुइँटेल घिमिरे (इजरायल)
५) महासचिव सुनिता राई कन्दङ्वा (इजरायल)
६) सचिव डा मनमुर्ति भुर्तेल (रसिया)
७) उपसचिव भुवन रोका (जापान)
८) साहित्य संचार संयोजक रमेश कडेल (नेपाल)
९) संगठन सचिव हरी सिवाकोटी (क्यानडा)
१०) आर्थिक सहसचिव के.बी. पौडेल (नेपाल)

सदस्यहरु,
११) राहुल राई बोगिको (मणिपुर, भारत)
१२) लक्ष्मण न्यौपाने (म्यान्मार)
१३) आर.एल. श्रमजिवी (बेल्जियम)
१४) मोहनराज खनाल (म्यान्मार)
१५) कल्पना पौडेल (नेपाल)
१६) दिलिप राई सगर (मलेसिया)
१७) अमित चाम्लिङ (कुवेत)
१८) ममता तामाङ (अमेरिका)

सल्लाहकार,
१९) कृष्णप्रकाश श्रेष्ठ (रसिया)
२०) प्रा.डा. भीम खतिवडा (धरान, नेपाल)
२१) डा. मधु माधुर्य (अमेरिका)

2 thoughts on “विनेसामको बैठक कोरोनामा केन्द्रीत

  1. आजका मुक्तक-

    #समयानुकूल*_*

    ~माेहनराज खनाल “बर्मेलीराज ”

    विश्वास हुँदा मनभित्रका कुनासम्म खाेजेँ
    आभास हुँदा मनभित्रका कुनासम्म खोजेँ
    नमेटिने पाइला चाल्दै जहाँ बसे तापनि
    उदास हुँदा मनभित्रका कुनासम्म खोजेँ।

    पुनः भेटघाटकाे समयले स्वागत गराेस् मित्र!
    मुस्कुराएकाे दिलमा फेरी स्वागत बनाेस् मित्र!
    आतेस भन्ने हरदम यसको जन्म हुने रहेछ
    सधैँ प्रेम-वार्ताकाे क्षणले रस भरोस् मित्र!

    युग काटिने सरासर हाे कलिकाल यस्तै छ
    मन भ्रान्ति नै बराबर हाे कलिकाल यस्तै छ
    नाम अनुकूल काम गर्दै याे संसार घुमिदिन्छ
    रीत साटिने चराचर हाे कलिकाल यस्तै छ ।

    सग्लो मन यहाँ जस्ताे वहाँ पनि उस्तै छ
    सङ्ग्लो मन यहाँ जस्ताे वहाँ पनि उस्तै छ
    विश्वासकाे फूलबारीमा एकैछिन रमने मात्र
    एक्लो मन यहाँ जस्ताे वहाँ पनि उस्तै छ ।

    बाँचेसम्म हाँसी खुसी बस्नुपर्ने रै’छ
    सकेसम्म बाँडी चुँडी खानु पर्ने रै’छ
    माेहग्रस्त अन्धाे आँखा जब खुलेपछि
    रहेसम्म हामी सुखी बन्नु पर्ने रै’छ ।
    ##

  2. बिनेसामले विश्व स्तरमैै नेपाली भाषा साहित्यको उत्थानको निम्ति महत्त्वपूर्ण कार्यहरू गर्दै आइरहेका छन्।विश्ववमा छरिएर बसेका सम्पूर्ण नेपालीहरूलाई एउटै मञ्चमा ल्याउने तथा एक सुत्रमा बाध्ने काम अति सराहनीय ठहर्दछ।विशेष आजका युवा पीढी नेपाली भाषा साहित्यप्रतिको झूकाउ,सद्भाव ,प्रेमरूपी आँचलमा वटवृक्ष बनी झाँगिन्दैछन् यो शीखर चढ्ने लक्षण अवश्य हो।अग्रजहरूले अनुजहरूलाई डोर्‍याउने काम अति सराहनीय बनेको छ।
    कविता लेखनमा भाव छ,कल्पना छ,सरलता,तरलता सबै छन् तर हाम्रा युवा कवि नानीहरूले भाषालाई उति ध्यान दिए जस्तो लाग्दैन।यो अति दुःख लाग्दो कुरो छ।
    बिनेसामले विश्व स्तरमा गरिरहेका महत कार्यहरूलको एउटा छुट्टै इतिहास सुनौलो अक्षरले लेखिनु पर्नेछ।
    *भाषा साहित्य सम्बन्धि धेरै धेरै कुराहरू सिक्ने,जान्ने सुयोग प्राप्त भइरहेका छन्।*
    श्रीमती मीना लामा राई,खरसाङ।
    सदस्य भारत शाखा।

Comments are closed.