जिन्दगी (सावित्रा काफ्ले)

अनिदो रात

भोका सपनाहरु

एक हुल झ्याउकिरीहरु सँगै

अभाबको भजन गाउछन्

बिबश भएर

हराउन खोज्छन मनहरु

कबिताको मैदानमा।।

नपोखिएको घामका झुल्काहरु

समेट्न खोजेर अन्जुलिमा

सप्तरङ्गी सपना खेल्छन

बिहानी शितबिन्दुमा

र यिनै स्वप्निल आकाशमा

उमङगित बनेर

हराउन खोज्छन मनहरु

कबिताको मैदानमा।।

अपुरा यात्राहरु

बुनेर ईच्छाका धोक्रोहरु

सुस्केरा हाल्छन हरेक साँझ

थकित यात्राहरु

बिना उद्देश्य अर्को पाईला चाल्छन

एउटा इतिहास बोकेर

जिन्दगी परिभाषा बाच्छ

र अनि

निरर्थक बनेर

बिश्राम लिन्छन मनहरु

कबिताको मैदानमा।।

– अष्ट्रेलिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *