हार्दिक श्रद्धाञ्जली

हार्दिक श्रद्धाञ्जली

 

 

 

 

 

बिनेसामका पूर्व सल्लाहकार, साहित्यकार, पूर्व परराष्ट्र सचिव तथा बेलायतका लागि पूर्व राजदूत श्रद्धेय श्री मुरारीराज शर्माको हृदयघातका  कारण लण्डनमा निधन भएको छ  । १६ जनवरी २०२० का दिन भएको उहाँको असामयिक देहान्तले हामी अत्यन्तै मर्माहत हुन पुगेका छौं।

भोजपुर, दिङ्ला स्थायी घर भएका ६८ वर्षीय श्री शर्माको बिहान पौने ११ बजेतिर लण्डनस्थित आफ्नै निवासमा निधन भएको हो । उहाँले २००७ नोभेम्बर देखि २००९ अप्रिलसम्म बेलायतस्थित नेपाली राजदूतावासमा १८ औं राजदूतका रूपमा आफ्नो कार्यभार सम्हाल्नु भएको थियो  । बेलायतमा रहेका

सबै नेपाली संङ्घ संस्थाका कार्यक्रमहरूमा सरिक रहदै आइपरेका विभिन्नसमस्या समाधानतर्फ पनि उहाँको यथाशक्य सहयोग रहन्थ्यो । संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधिका रूपमा पनि काम गर्नु भएका शर्माले परराष्ट्र सचिव सहित अर्थ, गृह र सामान्य प्रशासन मन्त्रालयमा रहेर पनि उल्लेखनीययोगदान पुर्‍याउनु भएको थियो ।साहित्यप्रति वहाँको उल्लेखनीय लगाव; निस्स्वार्थ सुझाव, सल्लाह र मार्गदर्शनको कारणलेनै हामी आज यहाँसम्म आइपुग्न सफल भएका छौं। वहाँको मृतात्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भनी भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछौँ ।

विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समिति ।

GFNL Chairman Signed Letter with PDF file attached bellow link:

GFNL Late Murari Sir ltr24jan2020

फोटो सभार: wenapali.com