बेल्जियमको नयाँ विनेसाम शाखामा डा. ब्रम्हदत्त वाग्ले

१७ नोभेम्बर २०१९ बेल्जियम ।
विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिका संगठन सचिव हरी सिवाकोटीको सक्रियतामा ‘विश्वभरका साहित्यकारहरु एकजुट हाऔं, नेपाली साहित्यलाई समृद्ध बनाऔं’ भन्ने मूल नाराकासाथ बेल्जियम शाखा पूनर्गठन भएको छ । नव गठित शाखामा डा. ब्रम्हदत्त वाग्ले अध्यक्ष रहेका छन् । विश्वभर छरिएका नेपालीहरुबिच आपसी सद्भाव र समन्वय गर्दै नेपाली भाषा–साहित्यको सेवा गरौं भन्ने हेतुले स्थापित उक्त समितिमा निम्न अनुसार रहेको छ ः–

१) अध्यक्ष डा. ब्रम्हदत्त वाग्ले
२) उपाध्यक्ष दिनेश पोख्रेल
३) महासचिव सौरव करण्जित
४) आर्थिक सचिव बुद्ध बस्नेत
५) सदस्य सुदर्शन घिमिरे