साहित्य महासंघ साउथ युकेले युद्धमा वीरगति प्राप्त गरेकाहरुलाई सम्झिए (भिडियो सहित)


गत १० नोभेम्बर २०१९ का दिन विश्व नेपाली साहित्य महासङ्घ साउथ युके शाखाले युद्धमा वीरगति प्राप्त गरेकाहरुको सम्मान तथा सम्झनामा एक कवि गोष्ठि गरेको छ ।

युद्धमा मारिएकाहरुलाई युके सरकारले प्रत्येक बर्ष नोभेम्बर ११ का दिन युद्धमा वीरगति प्राप्त गरेका योद्धाहरुको सम्मान तथा सम्झनामा देशब्यापी रुपमा कार्यक्रम गर्ने गरेको सन्दर्भमा युकेमा रहेका साहित्यकारहरुले पनि युद्ध साहित्य वाचन गरेर योद्धाहरुलाई सम्झेका हुन् ।

कार्यक्रमको उठान साहित्य महासंघको पूर्व सल्लाहकारको दोस्रो पून्य तिथिको अवसर भएकोले साहित्यकार डा. कविताराम श्रेष्ठको फोटोमा माल्याअर्पण गरि भयो भने सबै कविहरुले युद्ध कविताहरु वाचन गरेका थिए । कवि सेमन्त राई, सुरेन्द्र इङनाम, शिशिर सम्बाहाम्फे, विजय हितान, विश्वास दीप तिगेला, गणेश पुन, लाहाङ चेम्जोङ, टंक याङदेन, डम्बर सिङंघक, हेमन्त तावा लगायतले आआफ्नो सिर्जना वाचन तथा मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रमलाई अरिगामी रेडियो तथा युट्युव च्यानलले प्रत्येक्ष प्रसारण समेत गरेको कार्यक्रमको संयोजक विश्व नेपाली साहित्य महासङ्घको केन्द्रीय सदस्य तथा शाखा संरक्षक विजय हितानले गर्नुभएको थियो भने संचालन शाखा सदस्य तथा ओरगामी रेडियो संचालक अमित थेबेले गरेका थिए ।