नेपाल शाखाको नयाँ नेतृत्व

नयाँ नेतृत्व चयन गर्दै विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाको भेला सम्पन्न।

विश्वभरका साहित्यकारहरु एक हौं, नेपाली साहित्यलाई समृद्ध बनाऔं” भन्ने मुल नारा सहित श्रावण ३२ साहित्यकार हरु को भेला काठमाडौंमा सम्पन्न भएको छ। विश्व नेपाली साहित्य महासंघका महासचिव केदार संकेतले भेलाको उद्घाटन गर्नुभएको थियो। उहाँले मन्तव्यका क्रममा उहाँ विश्व भर रहेका नेपाली साहित्यकारको खोजी गर्ने शिलसिलामा सन २०१० मा विश्व नेपाली साहित्य महासंघलाई औपचारिकता दिन सफल भएको बताउनु भयो साथै उहाँले विश्वमा छरिएका सम्पुर्ण नेपाली मनहरु लाई साहित्यको माध्यम बाट एकीकृत गरि उनीहरु का सिर्जना लाई थप उजागर गर्दै अगाडी बड्ने क्रममा नेपाल शाखाको भेला भएको समेत बताउनु भयो। र उहाँले जिल्ला जिल्लामा उप शाखा गठन गरेर अगाडी बढ्न समेत सहभागी हरुलाई आग्रह गर्नुभयो । शुभकामना मन्तव्यका क्रममा संकेतले विश्वका २१ वटा देशमा शाखा गठन गरेको र थप देशमा गठनगर्ने तयारी रहेको समेत बताउनु भयो। उक्त भेलामा युवा अभियान्ता संजाल शर्मा र संगीतकार ढुण्डिराज ढकाल समेतको आतिथ्यता रहेको थियो।

काठमाडौको सामाखुशीमा सम्पन्न भेलामा प्रमुख अतिथि केदार संकेतले विश्व नेपाली साहित्य महासंघ कि केन्द्रिय सदस्य कल्पना पौडेल “जिज्ञासु” अध्यक्ष रहेको १९ सदस्यीय समिति समेत घोषणा गर्नुभएको थियो।

समितिको वरिष्ठ उपाध्यक्षमा केबी पौडेल र दोस्रो उपाध्यक्षमा केसु पोखरेल खनाल त्यसैगरि महासचिवमा अम्बिका याम्फु, सचिवमा संजाल शर्मा, कोषाध्यक्षमा बसु श्रेष्ठ, सह-सचिवमा दीपा नेपाल र सह- कोषाध्यक्षमा नबिन राउत निर्वाचित हुनुभएको छ भने सदस्यहरुमा दामोदर ढकाल, ढुन्डिराज ढकाल, लोकेस जलन, सीता बिष्ट कार्की, सुभद्र घिमिरे, कृष्ण बहादुर केसी, बिमला अधिकारी, मोहन कार्की र कल्पना चामलिङ राई निर्वाचित हुनुभएको छ। उक्त भेलाले रमेश कंडेल र सागर श्रेष्ठलाई सल्लाहकार सदस्यमा समेत चयन गरेको छ।

रमेश कंडेलको अध्यक्षतामा अगाडी बढेको भेलाको स्वागत केबी पौडेलले गर्नु भएको थियो भने सो कार्यक्रमको संचालन कल्पना पौडेलले गर्नु भएको थियो।