इङनामको अध्यक्षतामा विश्व नेपाली साहित्य महासंघ जापान

टोकियो, गत ९ जुन २०१९ का दिन विश्व नेपाली साहित्य महासंघको जापान शाखा गठन भएको छ । जापानको टोकियोमा आइतबार भएको एक भेलाले साहित्यकार देवी बहादुर इङ्गनामको अध्यक्षतामा १३ सदसिय तदर्थ समिति गठन गरेको हो ।

महासंघ मार्फत प्रवासमा रहेर पनि साहित्य सिर्जना गर्दै नेपाली भाषा साहित्यको क्षेत्रमा योगदान गर्न तथा नेपाल र नेपालीलाई विश्व सामु स्थापित गराउन सहयोग पुग्ने विश्वास नवगठिन समितिका अध्यक्ष इङ्गनामले व्यक्त गरे ।

विभिन्न साहित्यकारहरुको रचना वाचन सहित सम्पन्न भएको भेलाबाट नव गठित विश्व नेपाली साहित्य महासंघ जापानको तदर्थ समिति पदाधिकारी तथा सदस्यहरुको नामावली निन्नानुसार रहेको छ ।
१. अध्यक्ष – देवीबहादुर इङ्गनाम
२. वरिष्ठ उपाध्यक्ष – भुवन रोका
३. उपाध्यक्ष – लोकनाथ अधिकारी
४. महासचिव – रविन्द्र दिखुक्पा
५. सचिव – विमन किराती
६. आर्थिक सचिव – शिवराज राई
७. आर्थिक सहसचिव – अशोक कार्की
८. सदस्य – दिप मुस्कान
९. सदस्य – शंकरहरि खालिङ्ग
१०. सदस्य – गंगा गगन
११. सदस्य – मञ्जु सावा
१२. सदस्य – रेश राई
१३. सदस्य – थर्कदिप तिगेला ।