साहित्य महासङ्घको नेतृत्वमा सुरेन्द्र लिम्बु परदेशी

साहित्य महासङ्घको नेतृत्वमा सुरेन्द्र लिम्बू परदेशी गत २८ जनवरी २०१९ को नियमित बैठकले साहित्यकार सुरेन्द्र लिम्बू परदेशीलाई विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिको अध्यक्षमा चयन गरेको छ ।

निवर्तमान अध्यक्ष विश्वासदीप तिगेलाले अध्ययन ब्यस्तताको कारण अघिल्लो बैठकमा दिनुभएको राजीनामालाई तत्कालै अनुमोदन नगरेपछि यसपटकको बैठकमा पुनः तिगेलाले लिखित अनुरोध गरेपश्चात अन्ततः अनुमोदन गर्दै वरिष्ठ उपाध्यक्ष परदेशीलाई मनोनयन गरेको हो । परदेशी नेपाल शंखुवासभाका हुन भने वहाँको कर्मथलो भारत रहेको छ । वहाँले विगत दुई दशकभन्दा लामो समयदेखि नेपाली साहित्यको श्रीबृद्धिकानिम्ति योगदान गर्दै आउनु भएको छ । वहाँका ३ कृतिहर्रु ‘अधुरो जीवन’ सामाजिक उपन्यास २०६१, ‘चुनौती’ कथा सङ्ग्रह २०६९ र ‘नव-आयाम वैचारिक अभियान २०७५’ प्रकाशित छन् । वहाँले परदेशीको अवधारणासाथै ‘नव-आयाम’ नामक साहित्यिक आन्दोलनलाई पनि अघि बढाईरहनु भएको छ ।

उक्त विशेष बैठकमा अध्यक्षको हैसियतबाट तिगेलाले अन्तिम मन्तब्य राख्नुहुदै साथ सहयोग गर्नुहुने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । वहाँले अध्ययनको ब्यस्तता र महासङ्घको पदीय तथा विविध ब्यवस्थापनकोनिम्ति राजीनामा गर्नुपरेको प्रष्ट पार्नुभयो । तिगेला युकेको क्यान्टवरी सिसि युनिभर्सिटीमा राजनीति विषयमा उच्चशिक्षा अध्ययनरत छन् ।

जिम्मेवारी हस्तान्तर अघि केन्द्रीय समितिका पदाधिकारीहरुले आआफना मन्तब्य राख्नु भएको थियो र अध्यक्षमा चयन पश्चात साहित्यकार परदेशीले आफ्नो प्रतिबद्धता राख्नुभयो । विशेष बैठकलाई महासचिव डा. लेखनाथ काफ्लेले संचालन गर्नुभएको थियो । सन् २०१९ को जुलाईमा नयाँ नेतृत्वको चयन हुनेछ ।