कवि कुमार लिंगदेन ‘मिराक’को एकल कविता वाचन सम्पन्न


गत २९ जुलाई २०१८ का दिन विश्व नेपाली साहित्य महासङ्घ र प्रवासी नेपाली साहित्य समाज युकेको आयोजनामा कवि कुमार लिङदेन ‘मिराक’ को एकल कविता वाचन सम्पन्न गरेको छ ।

युकेको आसफोर्डको सेन्टर पीस हलमा आयोजित कार्यक्रममा कवि लिङदेनले २ दर्जन उनका उत्कृष्ट कविताहरु पस्कनु भएको थियो । वहाको एकएक कवितालाई भरतमणि चोङवाङ भरुपल, लाहाँङ चेम्जोङ र अमित थेवेले वाचन गरि सहयोग गर्नुभएको थियो ।

जनजागरण, मायाप्रिर्ति, विचार गरि चरणचरणमा कविताहरु वाचन गर्नुभएको थियो । वहाको वाचनको अन्तिम चरणमा विजय हितान, इश्वर चाम्लिङ, जीबन प्रकाश राई लगायतले शुभ कामना राख्नु भएको थियो । कविता सुनेर पहिलो पटक आँसु रसाएको पहिलो घटना भएको कुरा कवि हितानले बताउनु भयो ।

कवि लिङदेन प्रभावशाली नेताको रुपमा चिनिए पनि वहाले अन्तर क्याम्पस कविता प्रतियोगिता २०४९ मा प्रथम स्थान प्राप्त गर्नुभएको थियो भने साहित्यकार पारिजात संग पनि छोटो संगत गर्नुभएको कुरा सुनाउनु भयो । कवि लिङदेनको आधा चन्द्रमा नामक कविता सग्रह र नलेखिएका कथाहरु नामक संग्रह पनि प्रकाशित भईसकेका छन भने केही महिना भित्र अन्य ३ वटा कृति प्रकाशन हुने बताउनु भयो ।

गीतकार जितेन्द्र चेम्जोङको सभापतित्वमा भएको एकल कविता वाचन अनुष्ठानलाई विश्वास दीप तिगेलाल संचालन गर्नुभएको थियो ।

388total visits,3visits today

Comments

comments