साहित्य महासङ्घ ताईवान शाखा गठन मनोज कंडेल अध्यक्ष चयन


गत १३ जुलाई २०१८ का दिन नेसनल पिङ्टुङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी, पिङटुङ, ताइवानमा विश्व नेपाली साहित्य महासङ्घ, ताईवान शाखा गठन भएको छ ।

साहित्य महासङ्घका केन्द्रीय महासचिव डा. लेखनाथ काफ्लेको उपस्थितिमा नेपाली साहित्य अभियन्ताहरुको भेलाले १०५ औं भानु जयन्ती तथा साहित्य महासङ्घको ८ औं स्थापना दिवसको अवसरमा ताइवान शाखा गठन गरेको हो ।

समितिको अध्यक्ष मनोज कंडेल, उपाध्यक्षः सुदर्शन पाण्डे, सचिव शंकर पन्थी, कोषाध्यक्ष रोजिना प्रधान र सदस्यहरुमा क्रमशः चेतनारायण ज्ञवाली, दिपेस घिमिरे, शुभानि शाक्य, सिम्रन कायस्थ, अनिता बुढाथोकी, सन्दीप न्योउपाने, बिष्णु प्रसाद भट्टराई, रमिता प्रजापति र स्मृति प्रजापति चयन हुनु भएको छ भने सल्लाहकारमा डा. लेखनाथ काफ्ले, कपिल अधिकारी, मृगेन्द्रराज देवकोटा, अनिलचन्द्र नेउपाने, बिकास केसी चयन हुनु भएको छ ।

नव गठित समितिलाई महासचिव डा. काफ्लेले सफल कार्यकालको निम्ति शुभकामना मन्तब्य राख्नुभयो । वहाले महासङ्घको मुखपत्र “मूलबाटो“ अनलाइनको सम्पादकीय टिम पनि नयाँ निर्माण गर्नुभएको छ । मुलबाटो डा. काफ्लेको नेतृत्वमा विगत आधा दशक देखि प्रकाशन तथा वितरण हुदै आएको छ । सन् २०१० मा स्थापना भएको साहित्य महाङ्घको ताईवान शाखा २७ औं शाखा हो भने विभिन्न २० मुलुकमा यसको शाखा विस्तार भएको छ ।