विश्व नेपाली साहित्य सम्मेलनको आयोजक समिति विस्तार ५७ सदसिय चयन

गत २८ जुन २०१८ का दिन विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको नियमित बैठकले आयोजक तथा ब्यवस्थापन समिति विस्तार गरि ५७ सदसिय बनाएको छ ।

आगामी १२ अगष्ट आईतावारका दिन क्यान्टवरी युनिभर्सिटी हलमा सम्पन्न हुने ऐतिहासिक दोस्रो विश्व नेपाली साहित्य सम्मेलनमा देशविदेशका लब्धप्रतिष्ठित अंग्रेज, नेपाली र हिन्दी भाषाका साहित्यकारहरुको सहभागितामा सम्पन्न हुने सम्मेलनको निम्ति केन्द्रीय सचिव केदार सुनुवार संकेतको संयोजकत्वमा बनेको ब्यवस्थापन समितिको सहसंयोजकमा विजय हितानलाई चयन गर्दै सदस्यहरु थपेर ५७ पुरयाईएको हो । केन्द्रीय समितिका पदाधिकारी र सदस्य, संरक्षक सदस्य, आजीवन सदस्य साथै युकेमा रहेका सबै शाखाका पदाधिकारी तथा सदस्यहरु सबैलाई आयोजक तथा ब्यवस्थापन समितिमा चयन गरिएको छ ।

बैठकले विस्तारित समितिमा केन्द्रीय अध्यक्षः विश्वास दीप तिगेला (युके), सुरेन्द्र लिम्बु ‘परदेशी’ (भारत), सागर श्रेष्ठ (नेपाल), डेन्जाम साम्पाङ (अमेरिका), डा. लेखनाथ काफ्ले (ताईवान), सुनिता राई (इजरायल), हरी शिवाकोटी (क्यानडा), साबित्रा लुईटेल (ईजरायल), रमेश कडेल (नेपाल), गोविन्द गौतम (रसिया), चन्द्र मादेन (हङकङ), विजय हितान (युके), लक्ष्मन नेउपाने (म्यानमार), नवराज पोखरेल (रुमानिया), अमित राई (कुवेत), चर्तुरवेदी मोहनराज(म्यानमार), आरआई श्रमजीवि (बेल्जियम), राहुल राई वोगी (आसाम), नन्दलाल आचार्य (नेपाल), दिलिप सगर (मलेशिया), गनिन्द्र विवश (द. कोरिया), बिमल बजगाई (साउदी अरेबिया), खगेन्द्र अधिकारी (नेपाल), पि एस निश्चल (युएई), सानु गुरुङ (ईजरायल), मणिराज सिंह (नेपाल), युकेबाट सुरेन्द्र इङनाम, भोज राज बराल, समिप हाङवाङ जर्जर, विनेसाम साउथ युके शाखाका जानुका राई, करिष्मा घम, थिर थापा, सन्ध्या गुरुङ, बि.सी. राई, लाहाङ चेम्जोङ, घनबहादुर थापा, गणेश पुन, औतारि साइला, शिव कुमार राई, संजीव राई, सुष्मा रुपाबुङ राई, विनेसाम वेष्ट शाखाका लालसुन्दर राई, जानुका काम्बाङ, चन्द्रकला थेवे, भरत लोहरुङ राई, गंगा थापा, नानु राना, मनु पाइजा, जयराम तामाङ, हरि राई, रामलक्ष्मण गुरुङ, सिता शेरचन, भावना सुनुवार परिष्कृत, होम सुनुवार, मुकेश राई रहनु भएको छ भने सल्लाहकारमा पूर्व राजदुत मुरारीराज शर्मा, डा. माइकल हट, डा. चन्द्र लक्सम्बा, डा. प्रेम आले, जंग सुनुवार, योगकुमार फगामी, सिरी प्रसाद लिम्बु, तुल छन्त्याल र सुरेसजंग शाहलाई चयन गरिएको छ ।

साहित्य महासङ्घले आफ्नो स्थापनाको ९ औं बार्षिकउत्सव पनि आउदो जुलाई ८ का दिन क्यान्टवरी टाउनको चमचम रेष्टुरेष्टमा गीती लेखन विषयक गोष्ठि सहित गर्ने जनाईएको छ । गोष्ठिमा गीतलेखनका शोधकर्ता भावेस भुमरीको प्रशिक्षण रहने जनाईएको छ ।

– राजु सुब्बा

सम्मेलनलाई सहयोग गर्न चाहानेले तलको लिंकमा जानुहोस>> https://www.gofundme.com/gfnl2018