साहित्य महासङ्घ साउदी अरेबियामा बजगाई र लुइटेलको नेतृत्व

गत ३ मार्च २०१८ का दिन बसेको बिश्व नेपाली साहित्य महासंघ साखा साउदी अरबले नयाँ कार्यकारी समिति चयन गरेको छ, बिहिबार साँझ राजधानी रियादमा समितिका निबर्तमान अध्यक्ष श्री बालकृष्ण पौडेलको नेतृत्वमा बसेको भेलाले सर्बसम्मत नयाँ कार्यसमिति चयन गरेको गरेको हो। बिश्व नेपाली साहित्य महासंघ साखा साउदी अरबको लागी अध्यक्षमा- श्री बिमल बजगाँई, उपाध्यक्ष – श्री संतोष समिप लुईटेल, महासचिब- श्री लाल ब.थापा, सचिब – श्री बाक राई, कोषाध्यक्ष – श्री केदार भण्डारी, सहकोषाध्यक्ष – श्री सँन्देश श्रेष्ठ एबम सदस्य हरु क्रमश: श्री खेमराज भट्ट र श्री नवीन आचार्य आदी नया कार्य समिती मा चयन हुनुभएको छ। उपशाखा दमाम बाट २ जना (उपाध्यक्ष – श्री संतोष समिप लुईटेल र सदस्य श्री नवीन आचार्य) शाखा साउदीको लागी मनोनित हुनुभएको छ।

त्यसैगरी गत बुधबार बिश्व नेपाली साहित्य महासंघ उपशाखा दम्मामको पनी नया कार्य समिती गठन गरीएको छ, समितीका उपाध्यक्ष जय भट्टको नेतृत्वमा बसेको भेलाले एघार सदस्यीय नया कार्य समितिलाइ सर्बसम्मत पारित गरीएको हो । नया कार्य समितीमा अध्यक्ष- श्री सन्तोष समिप लुइटेल, प्रथम उपाध्यक्ष – श्री दिलिप कुमार घिमिरे, दितिय उपाध्यक्ष श्री जय भट्ट, महासचिब- श्री नवीन आचार्य, कोषाध्यक्ष – श्री गोर्ख लिम्बु एबम सदस्य हरु क्रमश: श्री लेकु श्रेष्ठ, श्री भगवान डाँगी क्षेत्री, श्री भुम बुढा मगर, डी. बी. शंकर, श्री कोशी किनारे, श्री सुबास बिशुन्खे आदी रहनु भएको छ।

नेपाली साहित्यलाइ नया आयाम तर्फ उन्मुख गराउने र कला एबम साहित्यको क्षेत्रमा नया बिहानीको उदय ल्याउन साथै साहित्यको क्षेत्रमा पिछडीएका सर्जक हरुको प्रतिभालाई विश्वभर पुर्याउने कार्यलाई तिब्र रुपमा बढाउदै लैजाने विचारधाराका साथ् समितिका सम्पुर्ण मनोनित सदस्यहरुले एकसाथ प्रतिबद्दता जाहेर गर्नुभएको थियो।

सूचना

विषय: रचना संकलन गर्ने सम्बन्धमा

विश्व नेपाली साहित्य महासंघ साउदि शाखाको तत्वावधानमा पहिलो पल्ट साहित्यिक बिशेषाङ्क प्रकाशित गर्ने तयारी भइरहेको व्यहोरा सहर्ष जानकारी गराउद्छौ । सोही बिशेषाङ्क का लागि रचनाहरु संकलन भै रहेको हुनाले रचनाहरु पठाउन सम्पुर्ण साहित्यिक सर्जकहरुमा अनुरोध गर्दछौ ।

रचनाहरु सम्बन्धी केही नियमहरू
1- रचनाहरु अप्रकाशित हुनु पर्ने छ ।
२-रचना आइपुग्नु पर्ने अन्तिम मिती ३१ मे२०१८तोकिएको छ ।
३-संप्रेषण गरिएका रचनाहरु मौलिक तथा नितान्त निजि भावनामा लेखिएको हुनुपर्ने छ । (प्रकाशित भैसके पछी कुनै प्रकारको विवाद भएमा लेखक स्वयम जवाफदेही हुनु पर्ने छ ।)
४-.रचना पठाँउदा लेखकको ठेगाना र एक प्रती फोटो अनिवार्य पठाउनु पर्नेछ ।
५-विधागत रचना पठाँउदा प्रतिव्यक्ति हाइकु ४, केस्रा २, मुक्तक २, तियाली २ र बाँकी रचनाहरू एक जनाको एउटैमात्र स्वीकार्य हुनेछ ।
६- कबिताको हकमा कबिता अधिकतम १५० शब्दसम्मको स्विकार्य हुनेछ ।
७- रचनाहरु फोटोमा पठाएका र स्क्रिनसट गरि पठाएका रचनाहरु मान्य हुने छैनन |

बिस्तृत जानकारीको लागि
१ बिमल बजगाई – 0592847797
२ बगाले क्षेत्री लाल – 0582529895 ,
0571560689
३ केदार भण्डारी – 0591679326
४ सन्तोष लूईटेल समीप – 0567289521
ईमेल – thapalalbahadur18@gmail.com
– nepali12345lecture@gmail.com

महासचिब
बगाले क्षेत्री लाल
विश्व नेपाली साहित्य महासंघ
शाखा – साउदी अरेबिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *