गत २१ मार्च २०१८ का दिन विश्व कविता दिवसको उपलक्ष्यमा म्यान्मारको पुर्व राजधानी याँगौंस्थित नेपाली रातदूतावास र विश्व नेपाली साहित्य महासंघ म्यान्मार थाईल्यान्ड समन्वय शाखाको आयोजनामा ‘अमरावतीदेखि ऐरावतीसम्म’ कृतिको विमोचन साथै कविगोष्ठि सम्पन्न भयो ।
गोष्ठिमा नेपाली राजदूत भीम उदास, दिपक राज निरौला, म्यान्मारका वरिष्ठ साहित्यकार ठाकुर प्रसाद गुरागाईं, वरिष्ठ गजलकार टेकनारायण रिमाल, वरिष्ठ म्यामाली र नेपाली कवि विष्णु पंथी, वरिष्ठ युवा साहित्यकार लक्ष्मण नेउपाने, वरिष्ठ कवि मोहनराज खनाल, खिम कौशिक, वरिष्ठ म्यामा भाषी कवि प्रवीण हरी प्रधान, म्यामा भाषी कवियत्री गायिका र गायक हरूको साथमा कविता बाचन, गीत गायन, म्यामा र नेपाली बिचका भावनात्मक कविताहरू बाचन भए ।
कविता बाचनमा उपस्थित भएर पहिलो कविता दिवसमा कविता, गजल र गीतहरूद्वारा कार्यक्रमलाई रोचक बनाई दिने मान्य कविहरू अखिल म्यामा देशीय गोर्खा हिन्दू धार्मिक संघका अध्यक्ष सागर घिमिरे, साँस्कृति प्रमुख गायक नारायन पाण्डे, शाखा समित मन्दिर समिति, महिला समिति, युवा विभाग, संस्कृत स्नातक संघका समिति, विनेसास म्यामा थाईल्याण्ड समन्वय शाखाका अध्यक्ष रामानुज र महासचिव मोहनराज चतुर्वेदीबाट कार्यक्रमको संचालन भएको थियो ।
336total visits,4visits today
Great efforts at Nepal Embassy ! Well done ! Watched this Program on FB Live too !!!