साहित्य महासङ्घ म्यानमार शाखाका अध्यक्ष न्यौपानेलाई विनेसाम हङकङद्धारा स्वागत

</

हङकङ, गत २९ मगर्च २०१८ का दिन हङकङ वान्चाई स्थित नेपाली क्लबमा विश्व नेपाली साहित्य महासङ्घ हङकङ शाखाको आयोजनामा बर्मा म्यानमारवाट आउनु भएका विश्व नेपाली साहित्य महासङ्घ म्यानमार शाखाका अध्यक्ष साहित्यकार लक्ष्मण न्यौपानेलाई विसुद्व साहित्यिक स्वागत र रात्रि भोज सम्पन्न भयो ।

संसारको जुनसुकै कुनामा रहेता पनि “विश्व नेपाली साहित्य महासङ्घ” अन्तर्गत चौतारीको माध्यमद्वारा एउटा शाखाले अर्को शाखालाई स्वागत र सम्मान गरिएको सो कार्यक्रमलाई साहित्य महासङ्घ हङकङ शाखाका अध्यक्ष चन्द्र मादेन आन्छनको सभापतित्वमा भएको थियो ।

कार्यक्रममा साहित्य प्रतिष्ठान हङकङका अध्यक्ष एवं विनेसाका सल्लाहकार टक सम्वाहाम्फे, साझा साहित्य श्रृङ्खलाका संयोजक डी वी पालुङ्वा, समिक्षक समाजका संयोजक हेम कुमार लावती, अनेसा शाखाका अध्यक्ष भविन लिम्वू, भयवादका प्रवर्द्वक देश सुव्वा, टाईकण्डो प्रशिक्षक एवं समाजसेवी कुमार हुक्पाचङ्वाङ लगायत सर्वसाधारणको उपस्थित रहेको थियो ।

आयोजक र उपस्थित सवैवाट फूलका माला, गुच्छा र खदाद्वारा सुसोभित अतिथि नायक न्यौपानेले मन्तव्यको क्रममा – “आफूले कुनै कल्पनै नगरेको सम्मान र माया यहाँहरुवाट पाँए, मलाई कतिले भन्थे नेपाली साहित्यमा लागेर के फाईदा छर लागेको ? तर आज मलाई यो विरानो ठाँउमा तपाँईहरु प्रत्येक नयाँ अनुहार, नयाँ मित्रवाट विसुद्व आत्मियता माया पाएको छु, जीवनका गोरेटोहरुमा जिन्दगीमा यो पनि ठूलै कुरो प्राप्त हो” भन्दै भावुक बन्नुभएको थियो । साथै पाहुना न्यौपानेले म्यानमारको ईतिहास, राजतन्त्र, व्यावस्था र कानुन, नेपाली समुदायको जनजीवन र साहित्यको वारेमा आदि विविध कुरा सुनाएर उपस्थितहरुलाई लगभग एक घण्टा वर्मा, म्यानमार, रङ्गुन पुर्याएका थिए ।

उक्त औपचारिक कार्यक्रमको संचालन विश्व नेपाली साहित्य महासङ्घ हङकङ शाखाको सचिव वल्लभ रोक्काद्वारा गरिएको थियो ।

.
.
.
साहित्य महासङ्घ हङ्कङको साहित्यकार राजेश्वर घिमिरेसंग भेटघाट तथा अन्तरकृया

१५ चैत्र २०७३, हङकङ,
विश्व नेपाली साहित्य महासङ्घ हङ्कङ शाखाले जोर्डन स्थित बगैचा रेष्टुरेन्ट तथा पार्टी प्यालेसमा साहित्यकार राजेश्वर घिमिरे भेटघाट कार्यक्रम गरेकोछ । साहित्यकार राजेश्वर घिमिरे आफ्नो पुस्तक गौतम बुद्दको सहर लोकार्पण गर्नकोलागि अष्ट्रेलियाबाट हङकङ आउनु भएको थियो।

विश्व नेपाली साहित्य महासङ्घ हङ्कङ शाखाका सदस्यहरुको उपस्तिथि रहेको कार्यक्रममा कोषाध्यक्ष पुर्णिमा जि साहले उक्त भेटघाटको अध्यक्षतामा गरेकि थिईन । सो भेटघाटमा नेपाली लेखक सङ्घ बिदेश विभाग उपाध्यक्ष तथा साब्लाबुङ प्रकाशनका प्रमुख राज कुमार राई र विश्वनेपाली साहित्य महासङ्घ हङकङ शाखाका सल्लाहाकार सदस्य टंक सम्बाहाङफेले साहित्यकार राजेश्वर घिमिरेलाई खादा र सम्मान पत्र प्रदान गरेका थिए।

विनेसा महासङ्घ हङकङ शाखाको तर्फबाट डिनर सहितको भेटघाट र अन्तरकृयामा साहित्यकार घिमिरेले पनि आफ्नो बिचार राख्नु भएको थियो । डायस्पोरा साहित्यलाई उचाईमा पुर्याउन अन्तराष्ट्रीय स्तरमा गठन भएको बिश्व नेपाली साहित्य महासङ्घले दिएको सम्मानलाई धन्यबाद दिदै अष्ट्रेलियामापनि आफ्नो तर्फबाट सक्ने पहल गर्ने बिचार राख्नु भएको थियो ।

कार्यक्रम सङ्घकि सदस्य सुनिता गिरीले संचालन गर्नु भएको थियो।