साहित्य महासङ्घ, दक्षिण कोरिया शाखा गठन


गत २८ फेब्रुवरी २०१८ का दिन विश्व नेपाली साहित्य महासङ्घ, दक्षिण कोरिया शाखा घोषणा भएको छ ।

साहित्यकार चन्द्र लामा ’अनुराग“ अध्यक्ष, आरपी आचार्य उपाध्यक्ष, खेम बहादुर पुन सचिव र पेमा बुढा मगर कोषाध्यक्ष रहेका छन् भने सदस्यहरु क्रमशः निर्मल लामा, अर्जुन हमाल, किसोर ब्लोन, विनोद गैरे, राजकुमारी तामाङ, प्रज्ञा डिम्डुङ, खिलबहादुर थापा, सरगम तिमिल्सिना र डिपी खकुरेल रहेका छन् भने केन्द्रीय सदस्यमा गनिन्द्र विवस चयन हुनु भएको छ ।

विगत केही महिना देखि आन्तरिक छलफल गरि अन्ततः शाखा समिति घोषणा गरिएको केन्द्रीय सदस्य विवसले साहित्य महासङ्घ विश्व केन्द्रीय समितिको नियमित बैठकमा जानकारी गराउनु भएको थियो । बैठकले शाखालाई अनुमोदन गर्दै बधाई ज्ञापन गरेको थियो । विनेसाम दक्षिण कोरिया १९ औं मुलुकको २६ औं शाखा बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *