साहित्य महासङ्घ ईजरायल शाखाको प्रत्येक्ष गजल प्रतियोगिता सम्पन्न


गत २४ नोभेम्बर २०१७ का दिन बिश्व नेपाली साहित्य महासंघ इजरायल शाखाले आयोजना गरेको प्रत्यक्ष गजल वाचन प्रतियोगिता भब्यतापूर्वक तेलाभिबमा सम्पन्न भएको छ ।

अध्यक्ष श्री सानु गुरुडको सभापत्तित्वमा विश्व नेपाली साहित्य महासंघ शाखा इजरायलको आयोजनामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदुतावासबाट पाल्नु हुने महामहिम राजदुत श्री निरन्जन थापा त्यसैगरि एनआरएन इजरयल अध्यक्ष श्री छिरिङ शेर्पाको उपस्थिती थियो । प्रतियोगिताको प्रमुख निर्णायकमा नेपालबाट गजलकार श्री महादेव अधिकारी हुनुहुन्थ्यो ।

प्रतियोगितामा १६ जना प्रतियोगीहरुले भाग लिएका थिए । प्रथम स्थानमा बराबर अंक प्राप्त भएकोले सानु खतिवडा र विमला शर्मा ढुंगाना, द्वितीयमा शान्ता खवास र तृतीय निर्मला गुरुङ बनेका थिए ।

विजयीहरुलाई महामहिम राजदुत श्री निरन्जन थापा ज्युको हातबाट पुरस्कार प्रदान भएको थियो ।

– विमला शर्मा ढुंगाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *