साहित्य महासङ्घ नेपाल शाखाको कविता वाचन सम्पन्न (भिडियो सहित)


गत ९ पुष २०७४ का दिन विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाको संस्था परिचय तथा कविता वाचन कार्यक्रम वरिष्ठ कवि शैलेन्द्र साकारको प्रमुख आतिथ्यमा सम्पन्न भयो । कार्यक्रममा डा. शैलेन्दु प्रकाश नेपालले विशिष्ट अतिथि, डा. युयुत्सु आर डी शर्मा र डा. राधेश्याम ठाकुर अतिथिको रूपमा रही कार्यक्रममा गरिमा प्रदान गर्नुभयो । संस्थाको उद्देश्यमाथि प्रकाश पार्दै संस्थाका उपाध्यक्ष गुप्त बहादुर श्रेष्ठले स्वागत मन्तव्य प्रस्तुत गर्नुभयो भने उषा आचार्यले प्रभावकारी रूपमा कार्यक्रम संचालन गर्नुभयो ।

कार्यक्रममा कमला रिसाल ‘ज्योति’, विद्या सापकोटा, महेश प्रसाद रिजाल, बाबुकाजी सिलवाल, संगिता ठाकुर, हरि कार्की, दुर्गा थापा, लक्ष्मी थापा लगायतका कविहरूले आफ्नो रचना वाचन गर्नुभयो ।

न्यूयोर्कमा बसोवास गर्दै आउनुभएकी कुशल साहित्यकार प्रेमा शाहको असमायिक निधनप्रति दुःख व्यक्त गर्दै चीर आत्मा शान्तिको कामना सहित उहाँले साहित्यमा पु¥याउनुभएको योगदानको सम्मान गरियो ।

विश्वभरिका साहित्यलाई नेपालमा प्रवेश गराउने र नेपाली साहित्यलाई विश्वमा फैलाउनुपर्ने धारणा व्यक्त गर्दै कार्यक्रममा अतिथि युयुत्सु आर डी शर्माले अंग्रेजी भाषाको कविता वाचन गर्नुभयो । कार्यक्रममा नेपाली, अंग्रेजी र हिन्दी भाषाका कविता, गीत, मुक्तक वाचन गरियो । नेपालमा धेरै साहित्यिक संस्था स्थापना भएको तर ती संस्थाले गति लिन नसकेको बताउँदै विश्व नेपाली साहित्य महासंघ त्यो वर्गमा नपर्ने भाव विशिष्ट अतिथि शैलेन्दु प्रकाश नेपालले व्यक्त गर्नुभयो । वरिष्ठ साहित्यकार शैलेन्द्र साकारसँगै मञ्चमा बस्ने अवसर प्राप्त भएकोमा खुसी व्यक्त गर्दै यसको श्रेय विश्व नेपाली साहित्य महासंघ रहेको कुरा डा.नेपालले बताउनुभयो । नेपाली भाषा र साहित्यलाई उत्थान गर्नको लागि यो संस्था उपयुक्त रहेको बताउँदै प्रमुख अतिथि शैलेन्द्र साकारले संस्थाको सफलताको कामना गर्नुभयो । कार्यक्रममा बोल्दै साकारले पहिलो कार्यक्रमा नै उत्साहपूर्ण सहभागिता हुनु नै संस्थाको सफलता भएको बताउनुभयो ।

विश्व साहित्यमा नेपाली साहित्यलाई स्थापित गर्ने मूल ध्येय रहेको बताउँदै सभापति मणिराज सिंहले संस्थाको परिचय गराउनुभयो । विश्वका १७ देशमा विश्व नेपाली साहित्य महासंघका शाखा रहेको र यसको अझै प्रभावकारिता बढ्दै गएको जानकारी सिंहले दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *