विश्व नेपाली साहित्य महासङ्घ फ्रान्स शाखा गठन

गत २६ अक्टोबर २०१७ का दिन पेरिस, सेन्टडेनिसको कमरान रेष्टुरेष्टमा भएको स्रष्टाहरुको एक भेलाले विश्व नेपाली साहित्य महासङ्घ फ्रान्स शाखा गठन गरेको छ ।

लामो समय प्राज्ञिक क्षेत्रमा काम गर्नुभएका पेरिस निवासी राजेन्द्र कार्कीको अध्यक्षतामा फ्रान्स शाखा निर्माण गरिएको हो । उपाध्यक्षमा विर बहादुर खडका, महासचिवमा सुमित्रा बुर्लाकोटी, सदस्यहरुमा शोभा कुमारी गजुरेल र अनुजा गिरी रहनु भएको छ भने भाषाविज्ञको रुपमा रामकुमार पाण्डेलाई संस्थागत रुपमै जिम्मेवारीमा चयन गरेको छ ।

साहित्य महासङ्घ विश्व केन्द्रीय समितिका अध्यक्ष विश्वास दीप तिगेला र साहित्यकार हरिहर अर्यालको उपस्थितीमा उक्त तदर्थ समिति गठन भएको हो । महासङ्घले नियमित साहित्यिक छलफल गर्ने र नेपाली उत्कृष्ट साहित्यलाई फ्रेन्च भाषामा अनुवाद गर्ने पनि योजना तय गरयो ।

साहित्य महासङ्घको १८ औं मुलकको २५ औं शाखाको रुपमा फ्रान्स शाखा निर्माण भएको छ ।

One thought on “विश्व नेपाली साहित्य महासङ्घ फ्रान्स शाखा गठन

  1. बधाई छ फ्रान्स शाखा लाई. हार्दिक शुभकामना साथमा साहित्यकाे फाँट्ले विश्व ढाँकियाेस ।जय नेपाल ।
    माेहन राज खनाल
    वि.ने.शा.म्यामा शाखा

Comments are closed.