साहित्य महासङ्घ ईजरायलले देवकोटा जयन्ति मनायो र याम्फूलाई विदाई


२०१७ अक्टोबर २० गते शुक्रबार साँझ विश्व नेपाली साहित्य महासंघ ईजरायल शाखाको आयोजनामा नेपाली भाषा र साहित्यका महाकवि लक्ष्मी प्रसाद देवकोटाको १०९ औं जन्म जयन्ती कार्यक्रम भब्यताका साथ नितिबोतमा सम्पन्न भयो ।

अध्यक्ष सानु गुरुड नेपाल बिदामा हुनु भएको र उपाध्क्षय गणेश गौतम सागरको पनि ब्यस्तताको कारणले अनउपस्थित रहेकोले महासचिव अम्बिका याम्फु अनमोलले सभापतित्वको आसनबाट पानसमा दिप प्रज्जलन गरी महाकवि देवकोटाको तस्वीरमा माल्याअर्पण गरी कार्यक्रमको उद्घाटन गर्नुभयो ।

कार्यक्रमको शुभारम्भमा राष्ट्रियबाट शुरुगििर अनिता राई, रेखा पन्त, भिमा कार्की र सम्झना पन्तको कर्ण प्रिय स्वरमा स्वागत गीत प्रस्तुत भयो । सक्रिय सदस्य रेखा पन्तले स्वागत मन्तब्य दिनु भएको थियो भने शुभकामना मन्तब्यमा सदस्य सम्झना पन्तले दिनु भएको थियो । लक्ष्मी प्रसाद देवकोटा बारे आलेख संस्थाकी सक्रिय सदस्य भीमा थापाले बोल्नु भयो ।

यसै गरि यसै सस्थाकी सदस्य अनिता राईले आफ्नो नृत्य प्रस्तुत गर्दै कार्यक्रमलाइ अझै रमाइलो पार्नु भएको थियो । र अन्त्यमा मीठा मिठा सृजनाहरु वाचन गरेर कार्यक्रम साहित्यिकमय भएको थियो । स्रष्टाहरु शान्ती राई “स्मृति“, रेखा पन्त, सम्झना पन्त, भिमा कार्की, विमला शर्मा ढुंगाना आदि सर्जकहरुले आ(आफ्नो रचना वाचन गरेका थिए । अन्य अतिथिहरुको पनि बाक्लो उपस्थित रहेको थियो ।

अन्त्यमा उपस्थित सम्पुर्ण महानुभाव हरुलाई स धन्यवाद दिदै सभापति ज्यु अम्बिका याम्फु अनमोलले कार्यक्रम समापन गर्नुभयो । कार्यक्रमलाई सचिव बिमला शर्मा ढुंगानाले संचालन गरेकी थिइन् ।

कार्यक्रमको अन्तमा लामो समय देखि इजरायलमा कार्यरत संस्थाकी महासचिव अम्बिका याम्फु अनमोल ईजरायलको बसाईलाई बिट मार्दै मातृभूमि प्रस्थान गर्नुहुने भएकोले वहालाई साहित्य महासङ्घको सम्मान सहित विदाई गरिएको थियो ।

– बिमला शर्मा ढुंगाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *