युकेमा साहित्य महासङ्घको ७ औं तथा १०४ औ भानु जयन्ति सम्पन्न

गत १ जुलाई २०१७ का दिन विश्व नेपाली साहित्य महासङ्घ, साउथ युकेले एक भब्य कार्यक्रम गरि आफ्नो ७ औ स्थापना तथा १०४ औं भानु जयन्ति मनायो ।

युकेकै सुन्दर मध्येको एक होल पार्कमा भेलाभई कार्यक्रम स्थल निर्माण गरि विभिन्न साहित्यिक तथा सांगीतिक कार्यक्रम सम्पन्न भयो । महासङ्घ साउथ युकेका अध्यक्ष विजय हितानको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सचिव करिष्मा घमले संचालन गरेकी थिइन ।

साहित्यकार चिमखोले काईला (दुत पुन) को अर्लि भाई नामक कथा कृतिको औतारी साईलाले समिक्षा गर्नुभयो भने विश्वास दीप तिगेलाद्धारा लिखित निष्पक्ष संविधानः समृद्ध राष्ट्र नामक राजनैतिक दस्तावेज पुस्तकको समिक्षा सुरेन्द्र थेवेले गरेका थिए । त्यस्तैगरि कविता वाचन र गीत संगीत प्रस्तुत गरिएको थियो । कार्यक्रम शुरुवातपूर्व होल पार्क यात्राको कार्यक्रम थियो भने खानपीनको भब्य ब्यवस्था थियो ।

कार्यक्रमले कल्पना राईलाई सह–सचिवमा र सुरेन्द्र थेवेलाई कोषाध्यक्षमा मनोनित गरयो साथै महासङ्घका सदस्यद्धय संजीव पार्दशी र सुष्मा रुपाबुङ राईलाई सफल कार्यकालको कामना गर्दै विदाई गरेको थियो । सदस्यद्धय आगामी ३ बर्ष ब्रुनाई बसेर फकर्नुहुनेछ ।

विश्व नेपाली साहित्य महासङ्घ साउथ युकेले केही महिना अघि आयोजना गरेको सिर्जना प्रतियोगितामा विविध योगदानको लागि विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिका अध्यक्ष विश्वास दीप तिगेलाले शाखा अध्यक्ष हितानलाई प्रमाणपत्र प्रदानगरि सम्मान गरेका थिए भने नयाँ बर्ष २०१७ को कार्यक्रमको निम्ति विशेष योगदान गरेवापत थिर थापालाई र भिमु मेमोरियल ट्रष्टका अध्यक्ष तथा साहित्य महासङ्घ शाखाकी महासचिव जानुका राईलाई पनि विशेष योगदानको निम्ति सम्मानपत्र प्रदान गरिएको थियो । तिगेलाले भानुको बारेमा पनि बोल्नु भएको थियो ।

गायक थिर थापा, गंगाराज राई, कल्पना राई, बिसी राई, मोहन लिम्बु लगायतले गीत गाउनु भएको थियो भने सुरेन्द्र इङनामले बाँसुरीको धुन पस्केका थिए । अत्यन्तै सौहार्दपूर्ण वातावरणमा सम्पन्न कार्यक्रमलाई विगत बर्षहरुमा झै यस बर्ष पनि भिमु मेमोरियल ट्रष्टको मुख्य ब्यवस्थापन थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *