साहित्य महासङ्घ म्यानमारका महासचिव खनाल पुरस्कृत


गत १३ जुलाई २०१७ का दिन नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको १०४ औ जयन्तिको अवसरमा विश्व नेपाली साहित्य महासङ्घ म्यानमार शाखाको महासचिव मोहनराज खनाल पुरस्कृत हुनुभएको छ ।
अध्यक्ष खनाल डुबसु प्रतिष्ठान पुरस्कार २०१७ बाट सम्मानित हुनु भएको हो । प्रतिष्ठानले प्रत्येक बर्ष नेपाली साहित्य तर्फ एकजनालाई र संस्कृति तर्फ एकजनालाई प्रदान गर्ने गर्दछ ।

अखिल म्यानमार देशीय गोर्खा हिन्दु धार्मिक संघ याङ्गुन शाखाले श्री राम जानकी मन्दिर भवनमा आयोजित कार्यक्रममा उक्त पुरस्कार महामहिम राजदुत भिम उदासको बहुलीबाट हस्तान्तर गरिएको थियो । उक्त भानु जयन्तिको अवसरमा भानुभक्तको सालिक बनाउने पनि निर्णय गरेको छ ।

विगत बर्षहरुमा पनि साहित्य महासङ्घ म्यानमारले धार्मिक संघ संग सयुक्त कार्यक्रम गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *