वातावरण साहित्य भब्यतापूर्वक सम्पन्न, उत्कृष्ट कविलाई सभापति गुराँस फूल प्रदान (भिडियो सहित)

गत ४ जुन २०१७ का दिन लण्डनको चाल्टन एफसी हलमा वातावरण साहित्य गोष्ठि भब्यतापूर्वक सम्पन्न भएको छ ।

विश्व नेपाली साहित्य महासङ्घ, साउथ युके, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज युके शाखाको मुख्य सक्रियता एवं आयोजना साथै युकेमा रहेका विभिन्न १२ वटा साहित्यिक संगठनहरुको संयुक्त आयोजनामा सम्पन्न गोष्ठिमा गमलाको राष्ट्रिय फूल लालीगुराँसलाई सभापति बनाईएको थियो भने प्रमुख अतिथिमा साहित्यकार डा. डुबसु क्षेत्री हुनुहुन्थ्यो ।

प्रमुख अतिथि क्षेत्रीले गमलाको गुराँस फूलमा जल सिंचन गरेर उदघाटन गर्नु हुदै नयाँ ढङ्गको कार्यक्रम एवं उच्च स्तरको रचनाहरुबाट प्रभावित बनेको र वाचित वातावरण सिर्जनाहरुलाई प्रकाशनको आवश्यकता औल्याउनु भयो । वातावरण साहित्यिक अभियन्ता तथा विनेसाम साउथ युकेका अध्यक्ष विजय हितानद्धारा विश्व वातावरण दिवस र नेपाली वातावरणिय साहित्यको वारेमा जानकारी गराए लगतै कविता वाचन शुरु भएको थियो ।

कार्यक्रम स्थलमा प्रवेश गर्ने वित्तिकै स्रष्टाहरुले कविता वाचनको पालो नम्बर लिनुपर्ने र विश्व नेपाली साहित्य महासङ्घ साउथ युकेद्धारा प्रायोजित निशुल्क शाकाहारी भोजन लिई कविताको लागि बस्ने ब्यवस्था गरिएको थियो । सबै स्रष्टाले जम्मा ४ मिनेट भित्र वाचन सिध्याउनु पर्ने प्रावधान थियो । छोटो सिर्जनाहुनेले सम्बोधन गर्न भ्याएपनि सम्बोधन नगर्न प्रोत्साहन गरिएको थियो । छोटो समयमा धेरै कविताहरु रोलक्रममा वाचन गर्ने तरिकालाई सबैले सकारात्मक लिए ।

कवि कोमल मल्ल श्रेष्ठ, ओमकार अधिकारी, संजीव पार्दशी, शुष्मा रुपाबुङ, निर्मला न्यौपाने, विनोद अधिकारी, हरिसिंह थापा, ध्रुव केसी, खगेन्द्र नेपाली, रेशम आर्यल, मोतिराम भण्डारी, गोकुल भण्डारी, सचिन गु्रुङ, राजेन्द्र खवास, सारादेवी गुरुङ, रेखा खरेल, फणिन्द्र भट्टराई, बिशन थापा, मोहन आचार्य, नरेश काङमाङ राई, कृष्ण तिवारी, कृष्ण पहारी, टेनिसा राना, विजय हितान, जानुका राई, जानुका लिङदेन, औतारी साईला, कृष्ण बजगाई, विजय सापकोटा, दुर्गाप्रसाद पोख्रेल, बिरु मुकारुङ, शान्ति लिम्बु, सुनिल बुढाथोकी, बासु शर्मा, गीता खरेल, गोपाल शाही, चोक गुरुङ, पियुष गुरुङ, सानो बाबु, प्रोफेसर सुमाया राई, लाल सुन्दर राई, चन्द्रकला लिम्बु, नानु राना, देवी आले र सुमलकुमार गुरुङ लगायतका ४५ कविहरुले कविता वाचन गरेका थिए । वाचित कविताहरु मध्ये दुर्गा प्रसाद पोख्रेलको कवितालाई उत्कृष्ट घोषणा गरि गमलाको सभापति लाँली गुराँस पुरस्कार प्रदान गरिएको थियो ।

नेपाली साहित्य विकास परिषद, अन्तर्राष्ट्रिय वाङमय प्रतिष्ठान, नेपाल मुक्तक प्रतिष्ठान, एनआरएन भाषा साहित्य विभाग, प्रवासी नेपाली साहित्य समाज, समकालिन साहित्य प्रतिष्ठान, साहित्य चौतारी, नेपाली प्रतिभा प्रतिष्ठान, साहित्य संगम, साहित्यसंगालोडटकम र नेपालीलिटरेचरडटकम अतिथि आयोजक रहेका थिए । कार्यक्रम हल फत्तबहादुर थापाद्धारा निशुल्क उपलब्ध भएको थियो भने चाल्टन निवासी अनेसास युके शाखाका अध्यक्ष सुमल कुमार गुरुङले निशुल्क सांगेतिक ब्याण्ड र चियाकफि लगायतको ब्यवस्थापन गर्नुभएको थियो ।

युकेमा वातावरण साहित्यको शुरुवात कवि हितानको अगुवाईमा सन् २००९ देखि नै हुदै आएपनि विशुद्ध साहित्यिक कार्यक्रम सन् २०१३ देखि शुरु भएको हो । यस बर्षको वातावरण साहित्य ५ औं संस्करण हो । प्रत्येक बर्षको जुन ५ का दिन संयुक्त राष्ट्रसंघको अगुवाईमा विश्वब्यापी विश्व वातावरण दिवस मनाउने गरिन्छ । यस बर्ष प्रकृति संग नजिक हौं भन्ने नारा रहेको थियो ।

कार्यक्रमको मध्यान्तरमा चन्द्र सूर्य ब्याण्डका डा. सुदर्शन गुरुङको टिमले सांगेतिक कोसेली पस्केका थिए । गोष्ठिमा विश्व नेपाली साहित्य महासङ्घका केन्द्रीय अध्यक्ष विश्वास दीप तिगेला, अनेसास केन्द्रका उपाध्यक्ष डा. रुपक श्रेष्ठ, युके भ्रमणमा रहनु भएका साहित्यकार कृष्ण पहारी र मिस नेपाल युके २०१६ की विजेता टेनिसा रानामगर अतिथिको रुपमा हुनुहुन्थ्यो । कार्यक्रमलाई विनेसाम सायथ युकेकी महासचिव जानुका राई र मंजु भण्डारीले संचालन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *