साहित्यकार घन थापाको दुई गिती एल्वम बयान र बस्ति विमोचित (भिडियो सहित)


गत ७ मे २०१७ का दिन युके केन्टको फक्स्टोन टाउनमा विश्व नेपाली साहित्य महासङ्घ, साउथ युके र नेपाली साहित्य विकास परिषद युकेको सयुक्त आयोजनामा नजिकको हकिन्स हलमा साहित्यकार घनबहादुर थापामगरको एकैपटक २ गिती एल्वमको भब्यतापूर्वक सार्वजनिक भएको छ ।

युकेका लागि नेपाली राजदुत डा. दुर्गा बहादुर सुवेदी लगायतका अतिथिहरुले वयान र वस्ति नामक दुई कृतिलाई सामुहिक रुपमा विमोचन गरेका हुन । युकेमा कविहरु धेरै रहेका तर गीतकारहरु कमि रहेको कुरा औल्याउदै अगुवा साहित्यकार थापा मगरहरुको सक्रियता र मार्गदर्शनले महत्वपूर्ण भूमिका खेल्ने प्रमुख अतिथि राजदुत सुवेदीले बताउनु भयो ।

वयान एल्वमको समिक्षा साहित्यकार सुरेसजंग शाहले र वस्ति एल्बमको समिक्षा विश्व नेपाली साहित्य महासङ्घ केन्द्रीय अध्यक्ष विश्वास दीप तिगेलाले गरेका थिए भने दुई एल्वम र भर्खरै प्रकाशित कविताकृतिको समग्रमा संक्षिप्त समिक्षा साहित्यकार विजय हितानले गर्नुभयो । कार्यक्रममा साहित्यकार थापाको सामाजिक योगदान बारे तयार गरिएको भिडियो चित्र प्रदर्शन गरिनुको साथै दुवै एल्वमबाट एकएक गीतका गिती भिडियो समेत सार्वजानिक गरिएको थियो ।

लगभग ५ सय उपस्थिती रहेको कार्यक्रम सम्भवत युकेको इतिहासमै विमोचन समारोहमा यतिठूलो सहभागिता रहेको यो पहिलो हो । कार्यक्रममा चर्चित गायक शिव परियारको गायन, सुरेन्द्र इङनामको बाँसुरीको धुन, रिया थापा, ईस्मी थापा, शंशाक शेखर राई, सोनी गर्वुजा, सुजना गुरुङ लगायतको नृत्यले भरपुर मनोरन्जन प्रदान गरेको थियो ।

ठूलो संख्यामा उपस्थित आमन्त्रित पाहुनाहरुलाई स्रष्टा थापाकी धर्मपत्नी कृष्णा कुमारी थापाले स्वागत मन्तब्य राख्नुभयो भने साहित्यकार सुरेसजङ्ग शाहको सभापतित्व र जानुका राईले संचालन गर्नुभएको थियो ।

साहित्यकार थापाको वयान एल्वमको एकल संगीतकार राजकुमार बगर हुन भने बस्ति एल्बमका एकल संगीतकार डक्टर किरात हुन । दुवै एल्वमलाई विन्ध्यावासिनी म्युजिक कम्पनीले बजारमा ल्याएको हो । बयान एल्बममा प्रमोद खरेल, श्रेयसी चेम्जोङ, स्वरुपराज आचार्य, रामकृष्ण ढकाल, रामचन्द्र काफ्ले र सन्तोष लामाको स्वर रहेको छ भने । बस्ति एल्बममा मेलीना राई, सरला राई, शिव परियार, राज सिग्देल, मुन्ना गुरुङ र दुर्गा परियार, पवन थापा र तारा श्रीष, दिपा लामाको स्वर रहेका छन् । साहित्यकार थापाको सामाजसेवा वारे निर्माण गरिएको डकुमेन्ट्रीको न्यारेटर आयुसा रिजालले गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *