उदाउदो तारा साहित्य समाजको आयोजनामा देउसी कार्यक्रम

पेनाङ्ग,विश्व नेपाली साहित्य महासंघ सम्बद्ध उदाउदो तारा साहित्य समाजको आयोजनामा मलेशियाको पेनाङ्गको विभिन्न स्थानमा यहि नोभेम्बरको ५ तारीकको साँझ देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली मात्रको दोस्रो महान चाड दिपावलीको अवसरमा खेलिएको उक्त देउसी भैलोमा प्रवासमा कार्यरत सम्पुर्ण नेपालीहरु खुशीमा झुम्दै एकापसमा रमाएका थिए । प्रवासमा पनि आफ्नो सस्कृति बचाउन साथै थोरै भए पनि प्रवासी नेपालीहरुलाई मनोराजन प्रदान गर्नको लागि यो देउसी भैलोको आयोजना गरीएको कुरा आयोजक समूहले भेटमा बताए ।

घर छोडी प्रदेश आको
धेरै भयो फूलमाला नलाको

आयोजक समूहले यो गीत गाउदै प्रत्येक स्थानमा पुग्दा सबै नेपालीहरु स्वदेशको यादमा चुर्लुम्म डुब्न बाध्य गराएको थियो ।

पेनाङ्गको विभिन्न चार स्थानको १० भन्दा बढी होस्टेल र केही नेपाली रेष्टुरेन्टहरुमा उक्त देउसी भैलो खेलिएको थियो । प्रवासको ठाउँमा विभिन्न जोखिम मोलेर आयोजना गरीएको भए पनि उक्त कार्यक्रममा सबै क्षेत्रबाट साथ सहयोग र हौसला प्राप्त हुनुको साथै प्रसंसा गरिएको कुरा आयोजकले बताए ।

One thought on “उदाउदो तारा साहित्य समाजको आयोजनामा देउसी कार्यक्रम

Leave a Reply

Your email address will not be published. Required fields are marked *