गायक थिर बहादुर थापाको एकल प्रस्तुती भब्यतापूर्वक सम्पन्न

गत ८ जनवरी २०१७ का दिन युकेको आसफोर्ड टाउनमा गायक थिर बहादुर थापाको एकल सांगीतिक प्रस्तुती भब्यतापूर्वक सम्पन्न भयो ।

गायक थापाले पहिलो चरणमा आफ्नै स्वरबद्ध सुमधुर गीत, दोस्रो चरणमा अग्रज गायकहरुको सम्मानमा पुराना एवं चर्चित गीतहरु र तेस्रो चरणमा झुममmुम नचाउने गीतहरु गाउनु भयो ।

खोटाङमा जन्मनु भएका थापाले वि.स. २०४७ मा रेडियो नेपालबाट स्वर परिक्षा पास गर्नुभएको हो । लामो समय देखि शिक्षण पेशामा आबद्ध थापा पछिल्लो समय युकेमा रहदै आउनु भएको छ । गीत गायन, लेखन र वाद्यवादनमा पोख्त थापाको एक एल्बम विहानी वि.स. २०५८ मा सार्वजानिक भएको छ ।

गायक थापालाई वाद्यवादनमा बि.सी. राई, यमबहादुर गुरुङ र गायनमा सुस्मा राईले सहयोग गर्नुभएको थियो । ठूलो संख्यामा उपस्थित दर्शकहरुले गायक थापाको प्रस्तुतीबाट भरपुर मनोरञ्जन लिएका थिए ।

विश्व नेपाली साहित्य महासङ्घ, युके साउथ शाखाको आयोजनामा युकेको आसफोर्ड स्थित गोर्खा भिल्ला रेष्टुरेष्टको कार्यक्रम कक्षमा सांगितिक कार्यक्रम सम्पन्न भएको हो । शाखाका अध्यक्ष विजय हितानको संयोजकत्व रहेको कार्यक्रममा प्रमुख अतिथि महासङ्घ केन्द्रका अध्यक्ष विश्वास दीप तिगेलाले गायक थापालाई सम्मानपत्र हस्तान्तरण गरेका थिए भने कार्यक्रमलाई महासचिव जानुका राईले संचालन गर्नुभएको थियो । महासङ्घले यस अघि कवि बिक्रम सुब्बा, कवि विजय हितान, कवि लिलासेलिङ माबो र कवि औतारी साईलाको एकल कविता वाचन कार्यक्रम सम्पन्न गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *